नेभिगेशन
अर्थ

हुम्लामा जापानको सहयोगमा बालगृह निर्माण

सिमकोट । जापान सरकारको अनुदान एक करोड ३५ लाख रुपैयाँको लागतमा हुम्लाको सदरमुकाम सिमकोटमा बालगृहको भवन निर्माण सम्पन्न भएको छ । 

जापानी राजदूतावासका कार्यवाहक राजदूत तामुरा ताकाहिरोले ग्रामीण सशक्तीकरण तथा विकास प्रयास (रेडि हुम्ला)का प्रमुखलाई उक्त भवनको साँचो हस्तान्तरण गर्नुभयो । उक्त भवनको ३० जना बालबालिकालाई आश्रय दिने क्षमता छ । 

नवनिर्मित भवनमा स्थानीय समुदायले तालिमलगायत गतिविधि सञ्चालन गर्नसक्ने यहाँस्थित जापानी राजदूतावासले आज जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्