नेभिगेशन
राष्ट्रिय

दैलेखका दुई नगरपालिकामा निषेधआज्ञा

दैलेख, २३ । कोरोना भाइरस संक्रमितको संख्या अनपेक्षित रुपमा बढ्न थालेपछि दैलेखको जिल्ला प्रशासन कार्यालयले नारायण नगरपालिका र दुल्लु नगरपालिकामा क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । कोरोना भाइरसका बिरामी दिनानुदि बढ्दै गएपछि प्रशासनले शुक्रवार साँझबाट लागु हुने गरि दुवै नगर क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो ।

कोरोना भाइरसका कारण दैलेखमा एकजनाको मृत्यु भैसकेको छ । हालसम्म २१८ जनामा संक्रमण देखिएकाले सजगता संक्रमण रोक्न भन्दै निषेधाज्ञा जारी गरिएको प्रशासनको विज्ञप्तिमा उल्लेख गरिएको छ । जिल्ला प्रशासन कार्यालय दैलेखले नेपाल राजपत्रमा तोकिएको अत्यावशयक सेवाहरु औषधि पसल, खाद्यान्‍न, फलफूल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालन सम्बन्धि सेवा बैंकिङ सेवा, आन्तरिक सुरक्षा खानेपानी, विद्युत् सेवा पेटोलियम पदार्थ दुवानी तथा वितरण, फोहोर मैला व्यावस्थापन बाहेकका अन्य सबै सेवा स्थलहरु अर्को आदेश नभएसम्मका लागि निषेध गर्ने निर्णय गरेको छ ।

प्रशासनले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६९३० तथा संक्रामण रोग ऐन २०२० को दफा २ बमोजिम निषेधाज्ञा जारी गरेको जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।