नेभिगेशन
समाज

सर्केगाडमा टेलिफोन सेवा अवरुद्ध 

सिमकोट । हुम्लाको मध्ये भेगमा रहेको सर्केगाड गाउँपालिका केन्द्रमा दुई दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको । विद्युत सेवा अवरुद्ध भएसँगै पालि केन्द्र सहित आसपासका क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध हुँदा यहाँका सेवाग्राहीले सास्ती खेप्नु परेको छ । 

   गाउँपालिका–५ मा रहेको कुति गाउँको भदालीमा रहेको टेलिफोन टावरमा खराबी आउँदा टेलिफोन सेवा अवरुद्ध भएको सर्केगाडमा होटेल व्यवसाय गर्दै आउनुभएका गेटबहादुर थापाले बताउनुभयो । होटेल व्यवसायी थापाले भन्नुभयो, “दुई दिनदेखि टेलिफोन सेवाले काम नगर्दा आफन्त सँग फोनमा कुरा गर्न पाएको छैन् । आफुले मात्रै होइन् पालिका केन्द्र सर्केगाड सहित आसपासका सेवाग्राहीले फोनमा जोडिन नसकेको उहाँले बताउनुभयो । 
   फोनले काम नगरेपछि जिल्ला भित्रै र जिल्ला बाहिर रहेका आफन्तसँग कुरा हुन नसकेको स्थानीय बताउछन् । टेलिफोन सेवा अवरुद्ध हुँदा गाउँपालिका केन्द्र सर्केगाड, वडा–१, ४, ५, ६, ७ र ८ नम्बर वडाका सेवाग्राही फोन सम्पर्कमा जोडिन नसकेको बताइएको छ । 

   अवरुद्ध भएको टेलिफोन मर्मत गरि सञ्चालनमा ल्याउनका लागि गाउँपालिका, दुरसञ्चार कार्यालय लगायतका सम्बन्धित कार्यालयले कुनै चासो नदिएको स्थानीयको गुनासो छ । जिल्लाको दोस्रो ठूलो बजारका रुपमा रहेको सर्केगाडमा दुई दिनदेखि टेलिफोन सेवा अवरुद्ध हुँदा थप समस्या बनाएको हो । सर्केगाडमा इकाला प्रशासन कार्यालय, सिटिजन्स बैंक, अन्य विभिन्न संघसंस्थाका उपशाखा समेत रहेका छन् । फोन सेवा नहुँदा कार्यालयको दैनिक कामकाजको जानकारीका साथै सूचना सम्प्रेषण्मा समेत समस्या बनाएको पाइएको छ ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
हुम्लामा हवाई सेवा अवरुद्ध

हुम्लामा हवाई सेवा अवरुद्ध

तेस्रो हिमपातले हुम्लाको तापक्रम माइनस झ¥यो (फोटो फिचर सहित)

तेस्रो हिमपातले हुम्लाको तापक्रम माइनस झ¥यो (फोटो फिचर सहित)

शुक्रबार साँझदेखि निरन्तर परेको हिमपातले उत्तरी क्षेत्रका लिमी, मुचु, खगालगाउँ, स्याँडा, हेप्क्का र बरगाउँ, सिमकोट लगायतका गाउँहरुमा जाडो निकै बढेको स्थानीय प्रहरी चौकीलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय...
हुम्लामा तेस्रो पटक हिमपात

हुम्लामा तेस्रो पटक हिमपात