नेभिगेशन
मनोरञ्जन

प्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव सुरु

 श्रीनगर (हुम्ला) । जिल्लामै पहिलो पटक हुम्लाको दक्षिण भेगमा रहेको प्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव शुक्रबारदेखि सुरु भएको छ । अदानचुली गाउँपालिकाले पहिलो पटक महोत्सवको आयोजना गरिएको हो ।

अदानचुलीको श्रीनगरमा शुक्रबारदेखि सुरु भएको महोत्सव शनिबार सम्पन्न हुने भएको छ । पहिलो दिउँसोबाट सुरु भएको महोत्सव शनिबार विहान आठ बजेबाट सञ्चालन हुने भएको जानकारी प्राप्त भएको छ ।

Adanchuli-Mahotsab--1734754773.jpg
गाउँपालिका अध्यक्ष मोहनबिक्रम सिंहको अध्यक्षतामा र कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री  तथा कर्णाली प्रदेश सभा सदस्य जीवन बहादुर शाहीको प्रमुख आथित्यमा र कर्णाली प्रदेश सरकारका जल स्रोत तथा उर्जा विकास मन्त्री विजय बुढा (बोहरा)को बिशेष आथित्यमा उक्त महोत्सव सुरु भएको हो । यस्तै अदानचुलीमा शुक्रबार सुरु भएको महोत्सवमा सर्केगाड गाउँपालिका अध्यक्ष ठान बहादुर रोकाया, नेकपा एमाले प्रदेश कमिटी सदस्य नवराज महतारा, लगायतका विभिन्न राजनितिक दलका नेता सहित अदानचुलीका स्थानीयको उपस्थित रहेको थियो ।

महोत्सवको पहिलो दिन देउडा कलाकार विपना सिंह, बनकला सन्ज्याल, अनमोल अमृत,पर्याबहादुर थापा लगायतले आफ्नो प्रस्तुति दिएका थिए । यस्तै हुड्के नाच समेत प्रस्तुत गरिएको थियो । भने पुर्व मुख्यमन्त्री शाहीलाई महोत्सवमा भव्य स्वागत गरिएको थियोे ।

यहाँको भाषा साँस्कृतिक, रहनशहन, पर्यटकीय स्थलको प्रचारप्रसारको लागि महोत्सवको आयोजना गरिएको अदानचुली गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत हंस महताराले बताउनुभयो । महोत्सवका सभाअध्यक्ष अदानचुली गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंह, प्रमुख अथिती जीवन बहादुर शाही, विषेश अथिती लगायतले शनिबार सम्पन्न हुने महोत्सवमा आफ्नो मन्तव्य राख्ने कार्यक्रम रहेको जानकारी प्राप्त भएको छ ।

उक्त महोत्सवमा जिल्ला स्थित सञ्चारकर्मी नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष अर्जुन बोहरा, नवनिर्वाचित जिल्ला शाखा सचिव नन्द सिंह, राजधानी दैनिकका मिमसिंह नेपाली लगायतको उपस्थित रहेको बताइएको छ । ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
कर्णालीमा अनन्ते पूर्णीमा मनाइयो (भिडियो)

कर्णालीमा अनन्ते पूर्णीमा मनाइयो (भिडियो)

अदानचुली गाउँपालिकाको वडा नम्बर १ को महतारा गाउँ, २ को माझखाडा, ४ कोलौठी, ५ को काँखे खार्पुनाथको लाली र छिप्रा, सिमकोटको सिमकोट, ठेहे, स्याँडा, सर्केगाडको मैला, रामा, पादा,...
आज हरितालिका तीज हुम्लामा पनि मनाइयो, शिवालय पुगेर महिलाले गरे पुजापाठ

आज हरितालिका तीज हुम्लामा पनि मनाइयो, शिवालय पुगेर महिलाले गरे पुजापाठ

भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । सोही अनुसार हुम्लाको सदरमुकाम सिमकोट सहित जिल्लाभरका...
आज हरितालिका तीजः देशभर महादेवको पूजा आराधना गरी मनाइँदै

आज हरितालिका तीजः देशभर महादेवको पूजा आराधना गरी मनाइँदै

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख,...