नेभिगेशन
सिमकोट

११ जना कैदीबन्दीलाई सिमकोट गाउँपालिकाद्धारा ब्लाङ्केट सहयोग

सिमकोट । हिउँदयाममा हिमाली जिल्ला हुम्लामा हिमपातका साथै चिसो अत्येधिक हुने हुँदा सिमकोट गाउँपालिकाले हिरासतमा रहेका ११ जना कैदीबन्दीलाई न्यानो कपडा सहयोग गरेको छ । सोमबार राती जिल्लामा हिमपातसँगै चिसो बढेपछि गाउँपालिकाले मङ्गलबार कैदीबन्दीलाई ब्लाङ्केट सहयोग गरिएको जानकारी प्राप्त भएको छ । जाडो समयमा न्यानो बनाउनका लागि सिमकोट गाउँपालिकाले ब्लाङ्केट सहयोग गरिएको गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले बताउनुभयो । 

   हुम्ला जिल्लाको हिरासतमा रहेका कैदीबन्दीलाई गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध), उपाध्यक्ष सुशिला रोकाया (भाम)ले एक साथ जिल्ला प्रहरी कार्यालय प्रहरी नायव उपरीक्षक रविन्द्र खनाललाई हस्तान्तरण गर्नुभएको हो । गाउँपालिकाको विपद कोषबाट बचेको ब्लाङ्केट यो चिसो समयमा उनीहरुलाई सहयोग गरिएको हो । जिल्लामा यतिबेला तापक्रम माइनसमा झरेको छ । चिसोमा सहयोग पाउँदा कैदीबन्दी खुसी भएका छन् । हुम्लामा कैदीबन्दी राख्नका लागि कारागार निर्माण भइरहेकाले उनीहरु हिरासतमा बस्दै आएका छन् । यतिबेला कैदीबन्दी र थुनवा एउटै हिरासतमा बस्दै आउनु पर्ने बाध्यता रहेको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

ऐटन रावल रेडियो कर्णाली आवाजका रिर्पोटर हुन् । रेडियोको कार्यक्रम उत्पादन तथा सञ्चालन, समाचार लेखन तथा बाचनको कामका अलावा । रेडियोको प्राविधक काममा समेत लागिरहनु भएको छ ।