नेभिगेशन
खार्पुनाथ

नौ धारा विद्यालयको वार्षिक परीक्षा नतिजा प्रकाशन नहुँदा तालाबन्दी

सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका–५ दुर्पा गाउँमा रहेको नौ धारा आधारभूत विद्यालयले लिएको वार्षिक परीक्षाको नतिजा नतिजा समयममै प्रकाशन नगरेको भन्दै स्थानीयले सोमबार विद्यालय तालाबन्दी गरेका छन् । विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार नतिजा प्रकाशन गर्ने निर्णय अनुसार नभए भन्दै यहाँका दुर्पा गाउँका स्थानीयले विद्यालयमा तालाबन्दी गरेका छन् । 

   मङ्सिर तीस गतेबाट सुरु भएर पुस ६ गते नौ धारा आधारभूत विद्यालयको वार्षिक परीक्षा सम्पन्न भएको थियो । विद्यालयले लिएको परीक्षा सम्पन्न भएको पछिल्लो दिन सात गते बसेको विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, र स्थानीयको संयुक्त बसेको बैठकले पुस १५ गते नतिजा प्रकाशन गर्ने निर्णय गरेपनि सोही अनुसार नतिजा प्रशासन नहुँदा तालाबन्दी शिक्षक अभिभावक संघका अध्यक्ष सिंहविर बुढाले बताउनुभयो । 

   शिक्षक अभिभावक संघका अध्यक्ष बुढाको नेतृत्वमा दुर्पा गाउँका स्थानीयले मिलेर विद्यालयमा तालाबन्दी गरेका हुन् । सोही विद्यालयका प्रधानध्यापक सहितका शिक्षक परीक्षा सकिए लगतै सबै आ आफ्नो घर गएको र व्यवास्था गरेको स्थानीयको आरोप छ । साथै विद्यालयको सामाजिक लेखा परीक्षण समेत नभएको स्थानीयको भचनाई छ । 

  यता सोही विद्यालयका प्रधानध्यापक मानबहादुर महत भने विद्यालयको वार्षिक परीक्षा सकिएपनि आफु विद्यालयको काममा नै खटिएको बताउनुभयो । परीक्षा सकिएको केही दिनपछि गुडनेवर इन्टरनेश्नल नेपालक नामक संस्थाले विद्यालयलाई दिएको शैक्षिक सामग्री बुज्न गएको प्रधानध्यापक महतले बताउनुभयो । साथै विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार नतिजा प्रकाशन गर्ने भनिएपनि भुवो पर्व परेका कारण नभएको उहाँले बताउनुभयो । पर्वको समयमा सबै घरमा बसेर एक आपासमा मिठो मसिनो खाने भएका कारण घरपनि एक दिन ढिला गरी प्रकाशन गरिने भएको उहाँले बताउनुभयो । आफु आज विद्यालयमा पुगेको र विद्यालयमा तालाबन्दी लगाउने स्थानीयसँग बसेर छलफल गरी मङ्गबार नै विद्यालयको वार्षिक परीक्षाको नतिजा प्रकाशन हुने प्रधानध्यापक महतले बताउनुभयो ।

   नौ धारा आधारभूत विद्यालयमा कक्षा एकदेखि सातसम्म पठनपाठन हुँदै आएको छ । भने करीब ६० जना सम्म विद्यार्थी विद्यालयमा अध्ययनरत रहेका छन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्