नेभिगेशन
खोजी रिपोर्ट

प्रशोधन केन्द्र नहुँदा कर्णालीमा उत्पादनको १६ प्रतिशत जडिवुटीमात्रै संकलन र निकासी हुदैंः सरोकारवाला निकायमा आ–आफ्नै र्तक (भिडियो रिर्पोट)

सिमकोट ।  भौगोलिक रुपमा देशका अन्य ६ वटा प्रदेशमध्ये सबैभन्दा ठूलो प्रदेश कर्णाली हो । यसलाई प्राकृतिक स्रोतका रुपमा चिनिने जडिवुटीको खानी पनि भनिन्छ ।

कर्णालीमा थुप्रै प्रकारका जडिवुटीहरु पाइनछन् । यद्यपी अध्ययन अनुसन्धानको अभावले प्रयाप्त मात्रामा पाइने जडिवुटीहरुको प्रयोग बारे जानकारी नभएका कारण सम्बन्धित डिभिजन वन कार्यालयले संकलन र निकासीका रुपमा निकै थोरै प्रजाती मात्र सूचिकृत गरिएका छन् । 

डिभिजन वन कार्यालय हुम्लाका अनुसार सूचिकृत गरिएका ४२ वटा प्रजातीका जडिवुटी वर्षेनी ३५ हजार १०२ क्विण्टल उत्पादन हुन्छ । कार्यालयको पञ्चवर्षिय कार्य योजना अनुसार ५ हजार ७ सय ५० क्विण्टल मात्रै निकासीका लागि संकलन गरिदै आइएको छ । जुन उत्पादनको १६ दशमलव ३७ प्रतिशत मात्रै हो । बाँकी सबै अर्बौका मूल्य बराबरको जडिवुटी वनमै खेर गैरहेको छ । यद्यपी, विविध कारणले हरेक वर्ष जडिवुटी उत्पादनको मात्रा घट्दो क्रममा छ ।

विश्वमा नपाईने बहुमूल्यका जडिवुटी कर्णालीमा पाइने भएपनि यसबाट राज्य र स्थानीय तहले अपेक्षित रुपमा फाइदा लिन सकिरहेका छैनन् । जटिवुटीको व्यवस्थित संकलन र निकासीका लागि सम्बन्धित निकायले समयानूकुलको योजना बनाउने र जिल्लामै जडिवुटीको प्रशोधन केन्द्र स्थापना गरेको खण्डमा अहिलेको भन्दा धेरै गुणा बढि फाइदा सरकार र स्थानीयले कर्णालीको जडिवुटीबाट लिने सक्ने ठहर कर्णालीका स्थानीय सरकारका जनप्रतिनिधि, व्यापारी र नागरिकहरुको छ । तर यसको ठोस पहल कतैबाट पनि भएको देखिदैन् । स्थानीय तहले आप्mनो अधिकार क्षेत्रमा वन नपर्ने भन्दै पञ्छिएका छन्  त प्रदेश र संघीय सरकारको ध्यान यसमा गएको देखिदैन् । यस सम्बन्धि सहकर्मी वेलुमाया महताराले तयार पारेको रेडियो रिर्पोटबाट 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खोजी रिपोर्ट
कर्णालीका महिलालाई प्राकृतिक स्रोतबाट बञ्चित गर्ने अस्त्र बन्दै ‘महिनावारी’ (भिडियो रिर्पोटसहित)

कर्णालीका महिलालाई प्राकृतिक स्रोतबाट बञ्चित गर्ने अस्त्र बन्दै ‘महिनावारी’ (भिडियो रिर्पोटसहित)

छुई भएका महिलालाई घरबाट पर सार्ने मात्र होइन, खानेपानीका धारा, मुहान, पशुवस्तु, बिउबिजन, मौरीको घारलाई समेत छुन नदिने गरिएको छ ।
आन्तरिक सडक सञ्जाल बिस्तार नहुँदा हुम्लामा खाद्यन्न संकट कायमै (भिडियो रिर्पोट)

आन्तरिक सडक सञ्जाल बिस्तार नहुँदा हुम्लामा खाद्यन्न संकट कायमै (भिडियो रिर्पोट)

एक गाउँ र अर्को गाउँबीचको सडक सजाल नजोडिएका कारण रैथाने उत्पादनले बजार नपाएपछि जिल्लाका कुनै क्षेत्रमा खाद्यन्न संकट छ भने कुनै क्षेत्रमा तीनचार वर्षको खाद्यन्न कुहेर रहेको छ...
दलितमाथि प्राकृतिक स्रोतमा बन्देज लगाउने अस्त्र बन्दै हुम्लाको जातीय विभेद

दलितमाथि प्राकृतिक स्रोतमा बन्देज लगाउने अस्त्र बन्दै हुम्लाको जातीय विभेद

भौगोलिक रुपमा नेपालकै दोस्रो ठूलो जिल्ला हुम्लाका गाउँवस्तीमा भएका जातीय छुवाछुतका घटना देशको प्रशासनीय संयन्त्रमा आइपुग्न निकै समय लाग्छ । यद्यपी आर्थिक वर्ष २०८०।८१ मा मात्रै ५ वटा...
व्यवसायिक तरकारी खेतीमा रमाउँदै हुम्लाका महिला (भिडियो रिर्पोट)

व्यवसायिक तरकारी खेतीमा रमाउँदै हुम्लाका महिला (भिडियो रिर्पोट)

आफूसहित घरका परिवार अधिकांश समय कृषि कर्ममै लाग्दा पनि आफ्नो उत्पादनले परिवारको छाक टार्न वर्षभरी नपुग्ने भएपछि जिल्लाको सदरमुकाम सिमकोट आसपासका महिला किसानहरु आफूले गर्ने कृषि कर्मलाई परिवर्तन...