नेभिगेशन
हातेमालो

रेडियो कार्यक्रम हातेमालो ३३ अंक (Radio Program Hatemalo 33 Episode)

 

कार्यक्रम हातेमलोको ३३ औं अंकमा हामीले कृषि गणना २०७८ अनुसार १० वर्षमा तीन लाख सात हजार हेक्टर खेतीयोग्य क्षेत्रफल घटेको छ । नेपालमा जम्मा ४१,३०३०,७८९ कृषक परिवारले २२ अर्ब २२ करोड १८ लाख १८ हजार ४१० हेक्टर जग्गामा कृषि कार्य गरिहरहनु भएको छ । तर पछिल्लो दश वर्षमा ३ लाख ७ हजार २२९ हेक्टरका दरले खेती गर्ने जमिन घट्दै गएको छ । कृषि क्षेत्रमा काम गर्ने परिवारको संख्या नेपालमा ६२ प्रतिशत छ ।

आप्mनो आम्दानीले वर्षभरी खान पुग्ने कृषकको संख्या ४५ प्रतिशत मात्र छ । हुम्ला जिल्लाको शन्दर्भमो यो तत्थ्यांक अँझ कम छ । वर्षको एक बाली मात्र फल्ने जिल्लाको माथिल्लो क्षेत्रमा खाद्यन्नको संकट अmँ बढि छ । कृषि र घरको काममा धेरै बोझ महिलाहरुलाई हुने गरेको छ । घरको स्रोतमा पहुँच नहुने तर काममा झण्डै ७० प्रतिशत कामको बोझ लिने महिलाहरु कृषि कर्मको पनि विकल्प खोज्न थालेका छन् ।

आजको कार्यक्रम हातेमालोमा हामी लामो समयदेखि निर्वाहमूखि कृषिको विकल्पका रुपमा तरकारी खेती अुसरण गर्न थालेका हुम्लाका महिलाहरु सम्बन्धि रेडियो रिर्पोट र समग्र जिल्लाको कृषिको उत्पादन, तरकारी खेतीतर्फ किसानको आकर्षण र यसको भविष्यका बारेमा जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत बखतबहादुर शाहीसँग गरिएको कुराकानी लगायतका सामाग्री प्रस्तुत गरेका छौं ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्