नेभिगेशन
हातेमालो

रेडियो कार्यक्रम हातेमालो ३९ अंक (Radio Program Hatemalo 39 Episode)

महिनावारी वा छुई हुँदा नछुने बार्ने चलन नेपालको खस, मैथिसौरील, कुमाई बाहुन क्षेत्री परिवारमा चर्कै छ ।

हुम्ला लागयत पश्चिम नेपालको उत्तरी भागमा छुई हुँदा र सुत्केरी हुने दुवै अवस्थामा छाउ बार्ने वा छाउगोठमा राख्ने चलनले कहालीलाग्दा नतिजा निकाल्ने गरेको कुरा हामीले हाम्रै घर र छिमेकमा देखिरहेकै छौं । हाम्री आमा, काकी, दिदि, बहिनीको यो मासिक धर्मको निश्चित समयमा तिनको स्पर्शतालाई निषेध गरेर महिलालाई अछूत बनाउने चलनलाई छाउपडी र नछुने भएको भनेरै चिनाउने गरिएको छ ।

मानवअधिकारका दृष्टिले छुईलाई घर, पानी पँधेरो, देखि अन्य स्रोत साधनमा छुने नदिने नाममा महिलााथि हुने भेदभाव, वञ्चिती वा निषेध एक प्रकारको ज्यादतीले कसरी महिलाहरुलाई प्राकृतिक स्रोत र अन्य अधिकारबाट बञ्चित गराइरको छ ? भन्ने बारेमा कार्यक्रम हातेमालोको ३९ औं अंकमा सहकर्मी वेलुमाया महताराले तयार पारेको रेडियो रिर्पोट र महिलाको नियमित प्रक्रियाका रुपमा हुने छुईको अवधीमा हुम्लाका महिलालाई कसरी प्राकृतिक स्रोत र अन्य साधनबाट बञ्चित गरिन्छ ? त्यो अवधीमा स्वयम् महिलालाई कस्तो अनुभव हुन्छ भन्ने बारेमा छुई गोठमा बसेकी सर्केगाड गाउँपालिका वडानमबर २ रिपकी सौरी कार्कीसँग गरिएको छुई संवाद लगायतका सामाग्री प्रस्तुत गरेका छौं । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्