नेभिगेशन
चंखेली

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको चंखेली गाउँपालिकामा आइतबार विहान साढे दश बजे ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्युभएको छ । चंखेली गाउँपालिका–१ दर्बि स्थित बोहराबाडाबाट रिमी तर्फ जादैँ गरेको लु ४ त ७७२० नम्बरको ट्याक्टर दुर्घटना हुँदा सोही वडा बोहराबाडाका  ३५ वर्षिय तुले बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्ला प्रहरी निरीक्षक सुरेश सुवेदीले जानकारी दिनुभयो । १४ क्विइन्टल अनुदानको नुन ढुवानी गरेर गइरहेको ट्याक्टर दुर्घटना हुँदा घट्नास्थलमै बोहराको मृत्युभएको निरीक्षक सुवेदीले बताउनुभयो । 

यस्तै दुर्घटनामा परी तीन जना घाइते भएका छन् । सोही गाउँपालिका वडा–१ का ४० वर्षिय मान बहादुर बोहराको टाउँको र छातीमा चोट लाग्नुका साथै अवस्था गम्भीर भएको बताइएको छ । 

    त्यसैगरी सोही वडाका ४५ वर्षिय धना बोहरा, दश वर्षको चरी बोहरा घाइते भएको जानकारी प्राप्त भएको छ । धनाको टाउँको र चरीको शरीरको विभिन्न भागमा चोट लागेपनि उनीहरुको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । 

  ट्याक्टर मुगु जिल्ला छायाँनाथ रारा नगरपालीका–१४ का २६ वर्षिय हिरा बहादुर बडुवालले चलाएको जानकारी प्राप्त भएको छ । ट्याक्टर चालक बडुवाल दुर्घटना लग्गतै फरार रहेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । 

   ट्याक्टर चालीस मिटर तल बसेको हो । भने मिमि प्रहरी प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक बिर बहादुर चन्दको कमाण्डमा खटिएको ६ जना प्रहरीको टोली घाइतेको उद्धार गरिएको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप चंखेली
कर्णालीमा बगेका ६६ वर्षिय वृद्धाको प्रहरीले यसरी बचायो ज्यान 

कर्णालीमा बगेका ६६ वर्षिय वृद्धाको प्रहरीले यसरी बचायो ज्यान 

खोलामा परेर करीव १० मिटर तलसम्म बगाएर लगेका वृद्ध शाहीलाई प्रहरीको सहयोगमा उद्धार गरि ज्यान बचाएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताउनुभयो ।