संघिय, प्रदेश र स्थानीय तह सरकारले कुनै वास्ता नर्गदा हवाई मार्ग र स्थलमार्गबाट हुम्ला जिल्ला भित्रीएका नागरीकले हप्ता दिन अगाडी जिल्लाबाहिर गरिएको पिसिआर, र आरडिटीका भरमा क्वारेन्टाइन बस्दै आएका छन् ।
जिल्लाको सदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउँपालिका वडा एक देखि आठ सम्म रहेका वडाहरुका क्वारेन्टाइनमा बस्दै आएका नागरीकले सम्बन्धित निकाय, सिमकोट गाउँपालिका र वडा कार्यालयले कुनै वास्ता नगरेको गुनासो गरेका छन् ।
तीन दिन अगाडी देखि आज सम्ममा जिल्ला भित्रीएका सिमकोट गाउँपालिकाका ४ सय ३२ जना हवाई जहाज मार्फत घर पुगेका छन् भने पैदल भएर आउनेको तथ्याङ्ग एकिन नभएको तर दुई सय भन्दा बढी सम्म सिमकोट गाउँपालिकामा पुगेको पाइएको छ ।
सिमकोट गाउँपालिका वडा दुई ठेहेमा रहेका तीन वटा विद्यालयको क्वारेन्टाइनमा बस्दै आएका नागरीकले आफुहरुलाई वडा कार्यालय र गाउँपालिकाले कुनै सेवा सुविधा नदिए, क्वारेन्टाइन मापदण्ड अनुसार काम गर्न नसकेको गुनासो गर्न थालेका छन् ।
वडा दुई ठेहेको रामदेव माविको क्वारेन्टाइनमा बसेकाहरुले कुनैपनि सुविधा नपाएको गुनासो गरेका छन् । संघिय सरकार र प्रदेश सरकारले उद्धारको नाममा आफुहरुलाई थप रोग निम्ताएको रामदेभ माविको क्वारेन्टाइन स्थलमा बसेका राम बहादुर भण्डारीले बताए ।
घरपुगेपछि वडा र गाउँपालिकाले १४ दिन सम्म क्वारेन्टनइमा राख्ने भनेको छ तर क्वारेन्टाइन मापदण्ड अनुसार कुनै पनि सेवा सुविधा नभएको हुँदा आफु सहित क्वारेन्टाइनमा बसेका अन्यलाई दिन काट्न समस्या भएको भण्डारीले गुनासो गरेका गरेका छन् ।
भण्डारीले भने आफुहरु नेपालगन्ज हुँदा जेनतेन गुजारा गरेको भएता पनि गाउँ पुगेपछि वडा दुई कार्यालय ठेहेले बनाएको क्वारेन्टाइनमा बस्दा न त विजुली, न शौचालय, त्यो भन्दा पनि खानेपानीको समेत व्यवस्था हुन नसकेको हो । क्वारेन्टाइनमा बसेको समयमा स्वास्थ्यकर्मीले पनि हेरचाह नगरेको उनले गुनासो गरेका छन् ।
भण्डारीका अनुसार आफुले उक्त कुराको समस्यालाई लिएर सम्बन्धित निकाय र वडाध्यक्षलाई सुनाउन खोज्दा फोन गर्दा फोन नठेको र कुनै वास्ता नराखेको हो ।
यस्तै सिमकोट गाउँपालिकाका अन्य वडामा रहेका क्वारेन्टाइनमा बस्दै आएका नागरीकको पनि हरिबिजोग भएको छ । सिमकोट गाउँपालिकाले सेवा सुविधाका नाममा दश केजी चामल, र थोरै दाल, मात्रै दिएको छ भने क्वारेन्टाइन बस्दा कोरोना छ कि छैन्, भनेर परिक्षण गर्नका लागी स्वास्थयकर्मी भएपछि उपकरण नभएको पाइन्छ ।
यसको विषयमा गाउँपालिका स्वास्थ्य शाखा प्रमुखलाई बुज्दा अन्य काम भएकाले आइताबार, सोमबार सम्म क्वारेन्टाइनमा बसेका नागरीकलाई परिक्षण गरिने सिमकोट गाउँपालिका स्वास्थ्य संयोजक दान बहादुर बोहराको भनाई छ ।
काठमाण्डौ, नेपालगन्ज, सुर्खेतबाट दैनिक दिन हुम्लीहरु ठुलो संख्यामा जिल्ला भित्रीदै आएका छन् ।