नेभिगेशन
मनोरञ्जन

नेपाल–चीन झल्काउने वृत्तचित्र काठमाडौंमा

काठमाडौं ।  नेपाल–चीन सांस्कृतिक तथा परम्परागत मित्रतालाई उजागर गर्ने उद्देश्यले वृत्तचित्र पर्दशन गरिएको छ । 

चाइना मिडिया ग्रुप (सीएमजी) ले तयार पारेका उक्त वृत्तचित्र आइतबार काठमाडौँको दरबार हाइस्कूलमा छोटो तथा लामो वृत्तचित्र प्रदर्शन गरिएको हो । 

वृत्तचित्रमा नेपालको सीमा क्षेत्रमा अवस्थित तिब्बत अर्थात् सिचाङ स्वशासित क्षेत्रका तिब्बती भिक्षुहरूको दैनिकी, जीवनशैली, नेपाल–चीन हिमाली क्षेत्रको पर्यावरण, तिब्बती आली प्रिफेक्चर र नेपालका हुम्लालगायत सीमावर्ती जिल्लाबीचको सीमा व्यापार, सिचाङमा आधुनिक कृषि प्रणालीको उन्नयनलगायत अहिले तीव्र गतिमा विकसित भइरहेको एआई प्रविधिको सहयोगमा निर्मित नेपाल–चीन सम्पदा संवाद र चिनियाँ नव वर्ष गालासम्बन्धी मनोरञ्जनात्मक सामग्री रहेका छन् ।

Darbar-High-School--1738592776.jpg
रानीपोखरीस्थित दरबार हाइस्कूल २०७२ को भूकम्पमा ध्वस्त भएपछि चीन सरकारकै सहयोगमा पुनःनिर्माण गरिएको हो । चीनको शाङ्हाई कन्स्ट्रक्सनले ठेक्का पाएको यो  चार तले स्कुलमा ४० कक्षा कोठा रहेका छन् । “विद्यालय भवन आफैँमा नेपाल चीन मित्रताको पर्याय हुँदै हो, त्यसमाथि आपसी मैत्री आयाम समेटिएका वृत्तचित्र देखाइँदा विद्यार्थीमा अन्तरदेशीय जानकारी हासिल गर्न सहज र प्रभावकारी भयो”– विद्यालयका शिक्षक निश्चल अधिकारी भन्नुहुन्छ ।  

अब नेपाल चीन सम्बन्धमा अग्ला हिमालको तगारो नरहेको बताउँदै सीएमजी नेपाली सेवाका पत्रकार लक्ष्मी लम्सालले विज्ञान प्रविधिको तीव्र विकासले विश्व बुझ्न धेरै सहयोग पुगेको बताउनुभयो । नेपाल चीन सम्बन्धमा इतिहासदेखि वर्तमानसम्म बुद्धभद्र, सुआन चाङ, भृकुटी, फा सियान, अरनिकोलगायत मूर्त अमूर्त सांस्कृतिक र जनस्तरीय आदानप्रदानका प्रामाणिक लिखत र चिन्ह रहेकाले अन्तर्देशीय सम्बन्ध छर्लङ्ग रहेको उहाँको भनाइ छ ।      

प्रदर्शित भिडियोमध्ये चीन र नेपालका सङ्ग्रहालयको संवाद एआई प्रविधिको सहयोगमा बनाइएको छ । जसमा चिनियाँ र नेपाली मुकुण्डोले एक अर्काका पुराना परम्परा र इतिहास एवं मिल्दाजुल्दा पक्षबारे जानकारी दिएको छ । अर्को छोटो भिडियामा नेपाल र चीनबीचको बुद्ध धार्मिक  ऐतिहासिक मित्रताको सङ्केत गर्न चीनको मोकाउ गुफा र नेपालको बौद्धनाथबीच संवाद गराइएको छ ।

Darbar-High-School--1738592833.jpg
त्यस्तै नेपालको एकसिङ्गे गैँडा र चीनको पाण्डा, चिनियाँ र नेपाली चियाबीचको सभ्यता र इतिहास झल्काउने विषयवस्तुका साथै हजार वर्ष अगाडिको सिल्क रोडको पुनः स्मरण गरिएको छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को गैर–भौतिक सांस्कृतिक सम्पदामा सूचिकृत भएपछिको चिनियाँ नव वर्ष स्प्रिङ फेस्टिभल विश्व चासोको विषय बनेको छ । यसै सन्दर्भमा अघिल्लो वर्षको वसन्त चाड गाला प्रदर्शन गरिएको थियो । प्रदर्शित नव वर्ष गालामा चिनियाँ नवाचार, वैज्ञानिक तथा प्राविधिक चमत्कार, कुङ्फु कलालगायत परम्परागत चिनियाँ शैलीका सामग्रीले गहिरो छाप पारेको भिडियो हेरेका बालबालिकाले बताए । रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
प्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव सुरु

प्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव सुरु

अदानचुलीको श्रीनगरमा शुक्रबारदेखि सुरु भएको महोत्सव शनिबार सम्पन्न हुने भएको छ । पहिलो दिउँसोबाट सुरु भएको महोत्सव शनिबार विहान आठ बजेबाट सञ्चालन हुने भएको जानकारी प्राप्त भएको छ...
कर्णालीमा अनन्ते पूर्णीमा मनाइयो (भिडियो)

कर्णालीमा अनन्ते पूर्णीमा मनाइयो (भिडियो)

अदानचुली गाउँपालिकाको वडा नम्बर १ को महतारा गाउँ, २ को माझखाडा, ४ कोलौठी, ५ को काँखे खार्पुनाथको लाली र छिप्रा, सिमकोटको सिमकोट, ठेहे, स्याँडा, सर्केगाडको मैला, रामा, पादा,...