नेभिगेशन
समाज

पत्रकारिता पुरस्कार सञ्चारकर्मी रावतलाई

सिमकोट । यस वर्षको पत्रकारिता पुरस्कार सञ्चारकर्मी राजन रावतले पाएका छन् । प्रेश चौतारी नेपाल हुम्ला शाखाद्धारा प्रदान गरिदै आएको पत्रकारिता पुरस्कारबाट रावत पुरस्कृत भएका हुन  ।

  हाल रावत नेपाल पत्रकार महासंघ हुम्ला शाखाको अध्यक्ष समेत रहेका छन् । बिगत लामो समयदेखि जिल्लामा पत्रकारिता गर्दे आएका हुम्ला जिल्ला सिमकोट गाउँपालिका– ५ निवासी रावत प्रेश चौतारीले जिल्लामा कृयाशिल पत्रकारहरुलाई प्रदान गर्दै आएको पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएको प्रेश चौतारी हुम्लाका सचिव दाने बोहराले बताए । सकृय रुमा पत्रकारिता गर्दे आएका पत्रकारहरुलाई यो पुरस्कार प्रदान गर्ने गरिएको र यसवर्ष महासंघ अध्यक्ष रावतवलाई यसवर्ष सो पुरस्कार प्रदान गरिएको उनले बताए । रावत बिगत लामो समयदेखि हुम्लामा पत्रकारिता गर्दै आएकमा छन् । रावत पत्रकारिताका बिधार्थी समेत हुन ।

पुरस्कारको राशी पाँच हजार रहेको छ । पुरस्कृत रावतलाई नगद पुरस्कार, प्रमाणपत्र नेकपा एमाले हुम्लाका सचिव तीर्थराज बोहराले प्रदन गरेका थिए भने प्रेश चौतारीका केन्द्रीय सदस्य रमेश ऐडीले अविर खादा लगाउने कार्य गरेका थिए  । प्रेश चौतारीको छैटौं जिल्ला अधिबेशनको उद्घाटन सत्रमा उक्त पुरस्कार प्रदान गरिएको हो ।

पुरस्कृत भएपछि रावतले जिल्लामा थप क्रियाशील भएर पत्रकारिता गर्ने प्रतिबद्धता ब्यक्त गरे । त्यसैगरि प्रेश चौतारी नेपालले पत्रकार बेलुमाया महतारालाई सम्मान गरेको छ । महतारातालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । महतारा प्रेश चौतारीमा आबद्ध रहँदै आएकी छन भने उनीले रेडियो पत्रकार हुन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्