नेभिगेशन
समाज

हुम्लाको भूमि आयोग सदस्यमा सुनार र लामाः ढकाल विज्ञ सदस्यमा नियुक्त (सूचिसहित)

सिमकोट। सरकारले गठन गरेका भूमि आयोगको हुम्ला सदस्यमा तिन जना नियुक्त हुनु भएको छ । 

५१ जिल्लाका भूमि समस्या समाधान आयोगको जिल्ला समितिमध्ये सरकारले हुम्लाका लागि पर्वत सुनार र रिता लामालाई नियुक्त गरेको छ । यसैगरी विज्ञ सदस्यामा चन्द्रप्रसाद ढकाल (झलक) लाई नियुक्त गरेको छ । सुनार, लामा र ढकालसहित सरकारले ५१ जिल्लाका १०१ जनालाई सदस्यमा नियुक्त गरेको छ । 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले पहिलो चरणमा उनीहरूलाई नियुक्त गरेका हुन् । 
 
 केन्द्रमा राष्ट्रिय भूमि समस्या समाधान आयोग र जिल्लास्तरमा एक जना अध्यक्ष, विज्ञ र महिलासहित ३ जना सदस्य रहने व्यवस्था अनुसार मन्त्री अधिकारीले शुक्रवार १०१ जनालाई सदस्य पदमा नियुक्त गरेको मन्त्रालयले जनाएको छ । 

मन्त्री अधिकारीले छिट्टै सबै जिल्लामा भूमि समस्या समाधान आयोगले पूर्णता पाउने र वर्तमान सरकारकै पालामा भूमि समस्याको दिगो समाधान हुने विश्वास व्यक्त गरे । 
 
 सरकारले भूमि क्षेत्रका समस्याहरूलाई दिगोरुपमा समाधान गर्न चाहेको मन्त्री अधिकारी भनाइ छ ।  यसअघि नै मन्त्रालयले जिल्लाहरूमा आयोगको जिल्ला समितिमा अध्यक्ष चयन गरिसकेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्