नेभिगेशन
समाज

जिल्लाका विभिन्न गाउँपालिकामा ३० औँ जनयुद्ध दिवस भव्यताका साथ मनाइयोे


सिमकोट ।  तत्कालीन १० वर्षे सशस्त्र संघर्षसँग जोडिएका माओवादी धारका पार्टीले बिभिन्न कार्यक्रम गर्दै ३० औँ जनयुद्ध दिवश मनाएको छ । हरेक वर्ष भब्य रुपले मनाउँदै आएको जनयुद्ध दिवश यस वर्ष पनि जिल्लाका सबै पालिकाहरुमा भब्य रुपमा मनाइएको हो । २०५२ साल फागुन १ गतेबाट सुरू भएको जनयुद्ध, २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो । त्यही जनयुद्धको जगमा नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको थियो भने गणतन्त्र, संघीय प्रणाली, समावेशी लोकतन्त्र, सामाजिक न्यायजस्ता उपलब्धि जनयुद्ध र जनआन्दोलनको बलमा नै स्थापित भएको भन्दै नेकपा माओबादी केन्द्रले हरेक फागुन १ गतेका दिनलाई जनयुद्ध दिवश मनाउने गरीरहेको छ । सदरमुकाम सिमकोटमा नेकपा माओवादी पाटी कार्यालयमा ३० औँ जनयुद्ध दिवस भव्यताका साथ मनाइएको छ । सोही अनुसार हुम्लामा पनि सबै गाउँपालिकामा माओबादी केन्द्रले जनयुद्ध दिवश मनाएको पाइएको छ । 
सदरमुकाम सिमकोटमा पनि नेकपा माओवादी पाटी कार्यालयमा ३० औँ जनयुद्ध दिवस भव्यताका साथ मनाइएको छ । नेपाल कम्युनिष्ट पाटी माओवादी केन्द्र सिमकोट गाउँपालिकाका अध्यक्ष ताक्ला जिक्मेत लामा(मुस्कान)को अध्यक्ष्ता र केन्द्रिय सदस्य बिशाल बोहराको प्रमुख अतिथिमा यो दिवस मनाइएको प्रेस सेन्टर हुम्लाका अध्यक्ष तिलसरा बिकले जानकारी दिनुभएको छ । ३० औँ जनयुद्ध दिवसको अवसरमा एक आपसमा शुभकामना आदान प्रदान गरी महान बिर सहिदहरुको फोटोमा अबिर र माला लागएर यो दिवस मनाइएको जानकारी प्राप्त भएको छ । दिवसको अवसरमा पाटीे शुभकामना आदानप्रदान कार्यक्रम गर्दै हालको परिवर्तनमा जनयुद्धको भूमिकाको विषयमा चर्चा परिचर्चा गरिएको छ ।
यस्तै सिमकोट गाउँपालिका वडा नम्बर एक र दुई ठेहेमा आज ३० औं ‘जनयुद्ध दिवस’ भव्यताका साथ मनाइएको छ । वडा कमिटी दुईका अध्यक्ष हरिसिंह बोहराको अध्यक्षतामा र नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य कृष्ण बोहराको प्रमुख आथित्यमा आज फागुन एक गते जनयुद्ध दिवस मनाइएको छ । ३० औँ जनयुद्ध दिवश भब्य रुपमा मनाएको प्रेस सेन्टरका केन्द्रिय सचिव अर्जुन बोहराले जानकारी दिनुभएको छ । ३० औं ‘जनयुद्ध दिवस सिमकोटको ठेहे गाउँको साविकको वडा नम्बर एकदेखी छ वडाका महिलाहरुले देउडा खेलमा सहभागिता जनाएको सचिव बोहराले बताउनुभएको छ । देउडा खेलमा भाग लिएका महिलाहरुलाई पुरस्कार सहित सरसफाईका सामाग्री नुहाउने साबुन,ब्रस मञ्जन, वितरण गरिएको छ ।

साथै सहिद परिवारलाई सम्मान सहित सम्मान पत्र सहित एक केजी चिनी एक पोका खाने तेल वितरण गरिएको सचिव बोहराले जानकारी दिनुभएको छ । यसैगरी सर्केगाड गाउँपालिकाको वडा नम्बर ८ को राहदेवमा पनि उक्त दिवस मनाएको जानकारी प्राप्त भएको छ । राहदेवमा समाजवादी मोर्चाको सयुक्त रुपमा जनयुद्ध दिवस मनाएको हो ।  खार्पुनाथ गाउपालिकाको वडा नम्बर ५ को दुर्पामा पनि चियापन कार्यक्रम र देउडा खेल खेलेर मनाइएको दुर्पाबाट सिहंबिर बुढाले जानकारी दिनुभएको छ । यसैगरी जिल्लाको तल्लो क्षेत्र अदानचुली गाउँपालिका र ताँजाकोट गाउँपालिकामा पनि   ३० औँ जनयुद्ध दिवश भव्य रुप मनाएको जनकारी प्राप्त भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्