नेभिगेशन
समाज

प्रेस चौतारी कर्णाली प्रदेशमा हुम्लाका परियार सचिव, हमाल सदस्य

सिमकोट । फागुन तीन र चार गते भएको प्रेस चौतारी नेपाल कर्णाली प्रदेश कमिटीको खुल्ला सचिव पदमा हुम्लाका सुरेश परियार र सदस्य खुल्लामा पदमराज हमाल सर्वसम्मत हुनु भएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आइतबार विहान सम्पन्न दोस्रो अधिवेशनबाट परियार प्रदेश सचिवमा र हमाल प्रदेश कमिटी सदस्यमा सर्वसम्मत भएको प्रेस चौतारी हुम्लाका अध्यक्ष दाने बोहराले बताउनुभयो । साथै प्रदेश कमिटी अध्यक्षमा प्रेमराज सिम्खडा सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

आइतबार वीरेन्द्रनगरमा सम्पन्न दोस्रो अधिवेशनबाट सिम्खडाको नेतृत्वमा नयाँ नेतृत्व बनेको हो । यस्तै, उपाध्यक्षमा सीता वली (सुर्खेत) र हिक्मत नेपाली (दैलेख), महासचिवमा ओमबहादुर शाही र कोषाध्यमा गिता थापा (सुर्खेत) सर्वसम्मत निर्वाचित हुनुभएको छ । यसैगरी (सुर्खेत), सचिवमा जगतजनाला विक (सुर्खेत), नौरेते नेपाली (जुम्ला), कमल बुढा (डोल्पा), झक्कुप्रसाद शर्मा (सल्यान), कालीबहादुर बुढा (जाजरकोट) र कोषाध्यमा गिता थापा (सुर्खेत) चयन हुनुभएको छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

ऐटन रावल रेडियो कर्णाली आवाजका रिर्पोटर हुन् । रेडियोको कार्यक्रम उत्पादन तथा सञ्चालन, समाचार लेखन तथा बाचनको कामका अलावा । रेडियोको प्राविधक काममा समेत लागिरहनु भएको छ ।