नेभिगेशन
समाज

    मानव अधिकार एलायन्स हुम्लाको पालिका स्तरिय संगठन,अध्यक्षमा मान ब शाही 

सिमकोट । नेपाल कम्युनिस्ट पार्टी (नेकपा एमाले) हुम्लाको भातृ संगठन मानव अधिकार एलायन्स कार्य समिति हुम्लाको पालिका स्तरिय समिति संगठन गठन गरिएको छ । सिमकोट गाउँपालिका स्तरिय पालिका संगठनको अध्यक्षमा मान बहादुर शाही सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।

यसैगरी उपाध्यक्षमा ध्वज जेठारा,सचिवमा भागेद्र शाही,कोषाध्यक्षमा निता सिहं,गरी ९ सदस्यीय पालिका स्तरीय संगठन चयन गरिएको जानकरी प्राप्त भएको छ । यसैगरी सदस्यमा कल बहादुर बोहरा,बाँच सुनार,सुरेश शाही,रमिता शाही,लक्ष्मण परियार चयन भएका छन । सिमकोट गाउँपालिकाको आठ वटै वडाको प्रतिनिधित्व हुनेगरी पालिका स्तरीय समिति गठन गरिएको छ ।

मानव अधिकार एलाइन्स कार्य समिति हुम्लाका अध्यक्ष बेलुमाया महताराको अध्यक्षतामा र केन्द्रिय सदस्य पुर्ण बहादुर रावलको प्रमुख आथित्यमा यो समितिको गठन गरिएको हो । यस्तै उक्त कार्यक्रममा जिल्ला स्थित पार्टी नेता कार्यकर्ता लगायतको उपस्थित रहेको थियोे ।
48f54ef1-a37d-4f7f-acad-33591e4d8635-1740141129.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्