नेभिगेशन
समाज

जेष्ठ नागरिक र बित्पन्नलाई कम्मल सहयोग

सिमकोट ।  जेष्ठ नागरिक, बित्पन्नलाई कम्बल र न्यानो सल सहयोग गरिएको छ । जीवन बिमा कम्पनी सुर्यज्योति लाईफ ईन्सोरेन्स कम्पनी लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त सहयोग गरेको हो । 
सिमकोट गाउँपालिका–१ को ठेहे गाउँका जेष्ठ नागरिक, एक महिला र बित्पन्नलाई कम्बल र सल सहयोग गरिएको वडा अध्यक्ष गोर्ख बहादुर लामाले बताए ।

हिउदको समयमा ती नागरिकलाई चिसोबाट जोगाउनका लागि कम्पनीबाट प्राप्त कम्बल र सल गाउँ मै पुगेर बितरण गरिएको होे । यसबाट जेष्ठ नागरिक र बित्पन्नको जीवन सुरक्षामा बिमा कम्पनी लाग्नु सकरात्मक कार्य भएको बताउदै उनले जिल्लामा लागु भएका अन्य बिमा कम्पनीहरुले पनि यस्ता सहयोग दुर्गमका गाउँमा पुर्याउनु पर्ने बताए । कम्पनीका अप्रेशन इन्चार्ज लोग भण्डारीले यस वर्षबाट कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत यो सहयोग प्रदान गरेको बताए ।

बिमाको जनचेतना मुलक कार्यक्रम सञ्चालन गर्दै आएका बिमा कम्पनीले सर्वसाधारणको जीवन रक्षाका लागि काम गर्न सुरु गरेको बताउदै उनले यो जिल्ला मै पहिलो प्रयास भएको जानकारी दिए । उनले चौवालीस जना जेष्ठ नागरिक, एकल महिला र बित्पन्न नागरिकलाई यो सहयोग गरिएको बताए । जसमा ३१ कम्बल र १३ वटा सल सहयोग गरिएको छ । कम्पनीले सिमकोट गाउँपालिका– १ को ठेहे बस्ती छनौट गरेर ती न्यानो कपडा बितरण गरेको हो । कम्बल पाएपछि ठेहेका स्थानीय कालु भण्डारीले सर्वसाधरणाले घर मै बसी बसी न्यानो कपडा पाउनु सकरात्मक कार्य भएको बताउदै यस्ता कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रहेको उल्लेख गरे। यसरी कम्बल र सल पाउने अधिकाँस महिला रहनु भएको छ । कम्पनीले कम्बल र सल खरिद गरेर शाखा कार्यालयमा पठाएको थियो कम्पनीको हुम्ला शाखाको आयोजनामा शुक्रबार यी सामान बितरण गरिएको हो ।

a130428a-e23d-488a-8c75-cdc4d2e5f78d-1740142714.jpg
9cbe5a2c-0663-4485-9021-f2a44ebaae6a-1740142496.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

ऐटन रावल रेडियो कर्णाली आवाजका रिर्पोटर हुन् । रेडियोको कार्यक्रम उत्पादन तथा सञ्चालन, समाचार लेखन तथा बाचनको कामका अलावा । रेडियोको प्राविधक काममा समेत लागिरहनु भएको छ ।