सिमकोट । हुम्ला जिल्लाका कुनै ठाउँमा नमनाईने चैते दशै वा भुमे पर्वलाई राया गाउँमा परम्परागत रुपमा मनाउँदै आएका छन् । खार्पुनाथ गाउँपालिका वडा नं. ३ राया गाँउमा व्याँसी ,क्षेत्री ,दलित समुदायका मानिसहरु वसोवास गर्दै आएका छन् । चैत १ (एक) गते राया गाँउमा भुमे मेला पर्व धुमधामका साथ मनाइएको छ । यसलाई चैते दशै पनि भन्ने गरिन्छ ।
रायाका स्थानीय वासीले विशेष पर्वका रुपमा हरेक वर्ष झैं यो वर्ष तिहारको पहिलो जेठो चैते दशै भनेर पनि विशेष रुपमा मनाएको खार्पुनाथ गाउँपालिका–३ राया गाँउका सिबसिहं बुढाले बताए । बुढाका अनुसार, परम्परागत धार्मिक संस्कार अनुसार गाँउमै रहेका भूमि कुलदेवताकोे पूजा आज गरी राया गाउँ यो पर्व मनाइएको जानकारी दिए ।
राया गाउँका स्थानीयले परापूर्खादेखि नै भूमे वा चैते दशै पर्व मनाउदै आएको स्थानीयले बताएका छन् । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिएर आउने भूमे पर्व आज परम्परागत रूपमा मनाउने गरिन्छ । भने यदि यो पर्व नमनायको खण्डमा जमिन मुनिका भूमि देविदेवता रिसाउने र चैतको बालि लगाको पनि राम्रो नहुने रोग,किरा , फट्याङरा लागेरा बाली नाली नसब्रीने भएका कारण पनि यो पर्व मान्ने र मनाए पछि बाली नाली देखि जिउ धन र पशु चौपाय लाई समेत राम्रो हुने र वर्षभरिका लागि घरमा शान्ती छाउने बिशास रहि आको छ । यो पर्वमा विशेष हिल्सा देवताको पूजा गर्छन र प्रतेक घर धुरिले भुमि पुजाको लागि एक चिन्डो क्ष्याङ, सातुको धल्लाङ र घूहुको टासि बनाएर बिधिक पुरा गरेर पूजा गर्छन् ।
फागुन एक (१) गते बाट चैतको एक गते सम्म गाँउमा चेली बहिनिहरु एक ठाउँमा भेला भै रात भरि जागरम बसि चुट्किला,मागल , चाड्चि ,आरति गाउ छन् । चैत एक गते अथात भूमे पर्वको दिनमा गाउँका भद्ध भला धमि , जानमानर वुद्धिजी जम्मा भएर यो दिन गाउँको रिथि थितिबारे नियम बनाउने र चैत एक गतेका दिन देखि आउदो चैत महिना सम्म नोरा (गाउँको खेति पाति देखि वन जङगल रर्ने संरक्षण गर्ने )व्यक्ति बलाउने चलन रहेको छ । साथै दिनमा केटा र केटी मिली लाठ्ठी ताना तान गर्ने, ढुङ्गा उठाउने, क्षेलो हान्ने, रसि नाग्ने खेल खेलेर रमाइलो गर्छन् भने रातिमा आ(आफ्नो उमेर समूहका मानिस जम्मा भएर रात भरि देउडा खेल्ने गर्छन् । यो पर्व हेर्नको लागि विभिन्न गाउँबाट पुराना धातुका गर गहना लागाएर आउने गर्छन् । भूमे पर्वको वेला बाहिर बाट भूमेमा विभिन्न खाले रामाईलो हेर्न आउने गरेका पाहुनाहरुलाई सम्मान गर्दै पाहुनाका रुपमा स्वागत गर्ने मुख्य विशेष्ता रहेको छ ।





