नेभिगेशन
समाज

अवैध चिनियाँ मदिरा बरामद

 सिमकोट। हिमाली जिल्ला हुम्लामा चिनियाँ मदिरा (झिनिगिन्टी) प्रहरीले बरामद गरेको छ । जिल्लाको उत्तरी क्षेत्रबाट सदरमुकाम सिमकोटमा भित्रिदै गरेको चिनियाँ मदिरा शनिबार राति बरामद गरि आइतबार दिउँसो सदरमुकाम सिमकोट ल्याइएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले बताउनुभयो । 


व्यापारिक प्रयोजनका लागि अवैध रुपमा ल्याइएको २६ कार्टुन चिनियाँ मदिरा प्रहरीले बरामद गरेको प्रहरी निरीक्षक पोखरेलले बताउनुभयो । एक कार्टुनमा बाह्र बोतल चिनियाँ मदिरा हुने गरेको छ । सदरमुकाम सिमकोटमा प्रति बोतल मदिराको रु पाँच सय पर्ने गरेको छ । २६ कार्टुनमा ३ सय, बाह्र बोतल चिनियाँ मदिरा रहनुका साथै रु एक लाख, पचास हजार रुपियाँ बराबरको मदिरा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । 


चिनियाँ मदिरा यसअघि नै चीनबाट भित्रिएको हुन सक्ने र अहिले सदरमुकाममा बिक्रीका लागि ल्याएको हुनाले बरामद गरिएको हो । हुम्लामा चिनियाँ मदिरा ९झिनिगिन्टी० लाई अवैध मानिदै आएको छ । चिनियाँ मदिरा हिल्सा, लिमि लाप्चा, चुवाखोला, नेक्पाको टाके लगायतका नाकाबाट यहाँका स्थानीय व्यापारीले छुकिछिपी गरेर ल्याउने गरेका छन् । वर्षाको ६ महिना चीनसँग जोडिएका नाका खुलेपिछ छुकिछिपि ल्याउने गर्दछन् । साथै चीनसँगका सिमानाका हुम्लामा हिउँदमा हिमपातले ६ महिना बन्द हुने गरेका छन् । ६ महिना खुल्ने थरेका छन् । नियन्त्रणमा लिएको मदिरा कोष तथा नियन्त्रण कार्यालय सिमकोटमा बुझाउने र त्यसपछि नष्ट गरिने भएको जानकारी प्राप्त भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

ऐटन रावल रेडियो कर्णाली आवाजका रिर्पोटर हुन् । रेडियोको कार्यक्रम उत्पादन तथा सञ्चालन, समाचार लेखन तथा बाचनको कामका अलावा । रेडियोको प्राविधक काममा समेत लागिरहनु भएको छ । 

थप समाज
हावाहुरीले लामालेख विद्यालयको जस्तापाता उडायो

हावाहुरीले लामालेख विद्यालयको जस्तापाता उडायो

चंखेली गाउँपालिका–६ स्थित गाउँको लामालेख प्राथमिक विद्यालय मासिधारामा हावाहुरी चल्दा विद्यालयको एक भागको जस्तापाता उडाएको छ ।
१३८ जना विद्यार्थीलाई झोला वितरण

१३८ जना विद्यार्थीलाई झोला वितरण

हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोट गाउँपालिका वडा नम्बर ५ मा रहेको भिमसेन आधारभुत विद्यालयका १३८ जना विद्यार्थीलाई झोला वितरण गरिएकोे छ
	६० दिने रातो काम्लो बुनाई तालिमको उद्घाटन

 ६० दिने रातो काम्लो बुनाई तालिमको उद्घाटन

हुम्लाको सदरमुकाम सिमकोटमा ६० दिने रातो काम्लो बुनाई तालिमको उद्घाटन गरिएको छ