नेभिगेशन
समाज

तिन महिने ढाँका कपडा बुनाई तालिम सम्पन्न

सिमकोट ।  महिलालाई आत्मनिर्भर बनाउनका लागि हुम्लाको सदरमुकाम सिमकोटमा सञ्चालन भएको तीन महिने ढाँका कपडा बुनाई सम्बन्धी आधारभुत तालिम सम्पन्न भएको छ । गत पुस महिनाको २ गतेबाट सञ्चालन भएको उक्त तालिम आज सम्पन्न भएको हो । महिलाको सिप विकासमा सहयोग तथा महिला आत्मनिर्भर बनाउनको लागी उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले यहाँका महिलाहरुलाई तालिम प्रदान गर्दै आएको छ  । 
तीन महिने ढाँका कपडा बुनाइ तालिममा सहभागी प्रशिक्षार्थी बिष्णु रावतले यो तालिम राम्रोसँग सिकेको बताउनुभयो । यो सिप मुलक तालिम सिकेर महिलालाई आत्मनिर्भर बन्न सिकाएको र महिला सधै चुलो चौकोमा मात्र सिमित नभई यस्ता किसिमका तालिम सिक्न आवश्यक रहेको रावतले बताउनुभयो ।
 सिमकोट गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष चीन रावतले आफुले सिकेको सिपलाई व्यवसायिक बन्नुपर्ने बताउनुभयो । यसरी महिलाले आफुले बुनेको ढाँकालाई हुम्ला जिल्लामा आउने पर्यटनले चिनोको रुपमा लिने बनाउनुपर्ने अहाँको भनाई रहेको छ । कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका सिमकोट गाउापालिकाका अध्यक्ष विजय भण्डारी ९प्रतिरोध० ले आफुले सिकको सिपलाई व्यवहारमा उतार्नु पर्ने बताउनुभयो । यो सिकेको सिपलाई व्यवहारमा उतारी सफल वयवसायी बन्नेलाई सिमकोट गाउँपालिकाले पुर्ण रुपमा सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ । साथै यस्ता किसिमका ढाँकाका कपडाहरु सिमकोट गाउँपालिकाले सिमकोटमा आउने पर्यटकलाई सम्मान गर्नका लागी खरिद गर्ने बताउनु भएको छ ।

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख श्री बहादुर बिष्टले यो तालिम सिकेर आय आर्जनमा जोड दिन आग्रह गनु भएको छ । यो तालिम सिमित तालिममा मात्र नरहेर आफ्नो घरमा पनी ढाँका कपडा बुनी उत्पादनमा निरन्तरता दिनमा समेत आग्रह गर्नुभएको छ । यो तिन महिने ढााका कपडा बुनाई तालिममा सिमकोट गाउँपालिका वडा नम्बर ५ र ६ का १२ जना महिलाको सहभागिता रहेको थियो भने सुर्खेत जिल्लाबाट कौशिला कुमारी बाह्रघरेले प्रशिक्षण गराउनु भएको थियो ।

c0142550-515a-4389-809f-842ffc710e63-1742217382.jpg

  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
हावाहुरीले लामालेख विद्यालयको जस्तापाता उडायो

हावाहुरीले लामालेख विद्यालयको जस्तापाता उडायो

चंखेली गाउँपालिका–६ स्थित गाउँको लामालेख प्राथमिक विद्यालय मासिधारामा हावाहुरी चल्दा विद्यालयको एक भागको जस्तापाता उडाएको छ ।
१३८ जना विद्यार्थीलाई झोला वितरण

१३८ जना विद्यार्थीलाई झोला वितरण

हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोट गाउँपालिका वडा नम्बर ५ मा रहेको भिमसेन आधारभुत विद्यालयका १३८ जना विद्यार्थीलाई झोला वितरण गरिएकोे छ
	६० दिने रातो काम्लो बुनाई तालिमको उद्घाटन

 ६० दिने रातो काम्लो बुनाई तालिमको उद्घाटन

हुम्लाको सदरमुकाम सिमकोटमा ६० दिने रातो काम्लो बुनाई तालिमको उद्घाटन गरिएको छ