नेभिगेशन
राजनीति

हिमज्योती बहुमुखी क्याम्पस स्ववियु निर्वाचनमा संञ्ज्याल अध्यक्ष पदमा चयन

सिमकोट । जिल्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउापालिका स्थित हिमज्योती बहुमुखी क्याम्पस, स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्व सर्वसहमत चयन गरेको छ । आगामी चैत ५ गते हुने निर्वाचन कार्यतालिका अन्तर्गत उक्त क्याम्पसमा मनोनयपत्र दर्ता गर्ने क्रममा दर्ता भएका विद्यार्थी संघ÷संगठनबीचको सहमतिमा नेतृत्व चयन भएको हो ।

स्वबियुं निर्वाचन अधिकृत देब बिक्रम शाहीका अनुसार क्याम्पसको स्ववियु सभापतिमा नेकपा (एमाले) निट अनेरास्वबियुका केन्द्रिय सदस्य जयराज संञ्ज्याल सर्वसहमत निर्वाचित भएका छन । यस्तै सचिवमा उपेन्द्र रावल (अनेरास्ववियु समाजवादी), कोषाध्यक्ष पद मा कुम्भ फडेरा कांग्रेस निकट (नेबिसंघ) बाट सर्वसम्वत निर्वाचित भएको जनाइएको छ । यस्तै उपाध्यक्षमा (अनेरास्वबियु) क्रान्तीकारीका हेमन्त बहादुर शाही लगायत १५ सदसिय नेतृत्व चयन गरिएको छ । सोही क्याम्पसमा भने पहिलो पटक स्वबियुको नेतृत्व चयन गरिएको छ । यस अघिका स्वबियु निर्वाचनमा कुनै पनि भाग नलिएका संघ संगठनले यतिबेला भाग लिएका हुन ।

यस्तै सह सचिवमा अर्जनुन ठकुल्ला )नेबिसंघ), सदस्यमा धनदेबी सिरा (अनेरास्वबियु) आकास बिक, सर्मिला परियार, स्वस्तिका बुढा अनेरास्वबियु (क्रन्तीकारी) सृजना बुढा अखिल (समाजवादी) बालकृष्ण बुढा थोकी, सरला शाही, बिकास शाही रामसरण शाही नेबिसंघबाट निर्वाचित भएका छन ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
नेपाल पत्रकार महासंघको नेतृत्वमा पहिलो पटक महिला (सूचीसहित)

नेपाल पत्रकार महासंघको नेतृत्वमा पहिलो पटक महिला (सूचीसहित)

शुक्रबार सम्पन्न निर्वाचतको अन्तिम मतपरिणाम घोषणा भएको छ। आइतबार सार्वजनिक अन्तिम मतपरिणामअनुसार अध्यक्षमा निर्मला शर्मा ४ हजार २८२ मतसहित विजयी भएपछि महासंघको नेतृत्वमा महिला निर्वाचित भएकी छन् ।