नेभिगेशन
समाज

हुम्लाबाट एसइईमा ९ सय ८८ जना परीक्षार्थी सहभागी

यस वर्षको एसइईमा हुम्लाबाट एक हजार १५ जना विद्यार्थी मध्ये ९ सय ८८ जना विद्यार्थी सहभागी भएका छन् । शिक्षा विकास तथा समन्वय इकाइ निमित्त प्रमुख योगेश आले मगरका अनुसार जिल्लाका सात वटा परिक्षा केन्द्रबाट १ हजार २५ जना विद्यार्थी मध्ये ९ सय ८८ जनाले मात्र आज एसइइको परिक्षामा सहभागीता जनाएको जानकारी दिनुभएको छ । उहाँका साधारण नियमित तर्फ छात्रा ४ सय १० र छात्र ४ सय ३७ गरी जम्मा ८ सय ६१, १४ जना अनुपस्थित, प्राविधिक नियमित तर्फ छात्रा ४६, छात्र ४३ गरी जम्मा ८१ र र ग्रडवृद्धि छात्रा २४, छात्र २८ गरी जम्मा ५२, अनुपस्थित छात्रा ९, छात्र ४ गरी १३ जना गरी जम्मा ९ सय ८८ जनाले आज अंग्रजी विषयको परिक्षा दिएका छन । यसवर्षबाट एसईई परिक्षाका लागि सात वटा परिक्षा केन्द्र निर्धारण गरिएको छ । यी परिक्षा केन्द्रहरुमा सिमकोट गाउँपालिकाको मानसरोवर मावि केन्द्र र बाल मन्दिर मावि केन्द्र रहेका छन् भने खार्पुनाथ गाउँपालिकाको सीता मावि केन्द्र रहेको छ । त्यसैगरि सर्केगार्ड गाउँपालिकामा हिमज्योति मावि सर्केगार्ड केन्द्र र कोट मावि रोडीकोट केन्द्र रहेका छन् । त्यसैगरि अदानचुली गाउँपालिकाको सुर्योदय मावि केन्द्र र ताँजाकोट गाउँपालिकाको मदानादेव मिाव केन्द्र रहेका छन् । यी परिक्षा केन्द्रमा जिल्लाका २७ वटा माविमा अध्ययनरत परिक्षार्थीहरुले परिक्षा दिदै आएका छन ।see-1742474699.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
हावाहुरीले लामालेख विद्यालयको जस्तापाता उडायो

हावाहुरीले लामालेख विद्यालयको जस्तापाता उडायो

चंखेली गाउँपालिका–६ स्थित गाउँको लामालेख प्राथमिक विद्यालय मासिधारामा हावाहुरी चल्दा विद्यालयको एक भागको जस्तापाता उडाएको छ ।
१३८ जना विद्यार्थीलाई झोला वितरण

१३८ जना विद्यार्थीलाई झोला वितरण

हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोट गाउँपालिका वडा नम्बर ५ मा रहेको भिमसेन आधारभुत विद्यालयका १३८ जना विद्यार्थीलाई झोला वितरण गरिएकोे छ
	६० दिने रातो काम्लो बुनाई तालिमको उद्घाटन

 ६० दिने रातो काम्लो बुनाई तालिमको उद्घाटन

हुम्लाको सदरमुकाम सिमकोटमा ६० दिने रातो काम्लो बुनाई तालिमको उद्घाटन गरिएको छ