नेभिगेशन
समाज

 ६० दिने रातो काम्लो बुनाई तालिमको उद्घाटन

महिलालाई आत्मनिर्भर बनाउनका लागी हुम्लाको सदरमुकाम सिमकोटमा ६० दिने रातो काम्लो बुनाई तालिमको उद्घाटन गरिएको छ । बिहिबार उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयमा यो तालिमको उद्घाटन गरिएको जानकारी प्राप्त भएको छ । महिलाको सिप विकासमा सहयोग तथा महिला आत्मनिर्भर बनाउनको लागी उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले जिल्लाका सात वटै गाउँपालिकाका महिलालाई यो तालिम दिएको कार्यालयका निमित्त कार्यालय प्रमुख हिमा शर्माले बताउनु भएको छ । यो तालिममा जिल्लाका सात वटै गाउँपािलकाबाट १० जना महिलाको सहभागिता रहने भएको छ । सिप सिकौ आत्मनिर्भर हौँ, उधम गरौँ रोजगारको सृजना गराउ भन्ने नाराका साथ यो तालिमको आजबाट सुरु गरिएको छ । तालिमका संयोजक निमा लामाले यस्ता किसिमका तालिम लिएर कोही पनि महिला उधमी बनेको देखिएको छैन । आफुले सिकेको सिपलाई बजारमा ल्याउन आवश्यक देखिएको छ र बेरोजगारी महिलाले रोजगार पाउने आशा यो तालिमले लिएको लामाको भनाई रहेको छ । सिमकोट गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष प्रताप लामाले रातो काम्लो भनेको पुरुषको गहाना हो । पछिल्लो पुस्ताले यस्ता खाले सिप नसिकेको र आय आर्जनसँगै पुस्तान्तरण गर्न आवश्यक देखिएको बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका जिल्ला समन्वयका उपप्रमुख दलु फडेराले व्यवस्थित गर्नका लागी उद्योगको रुपममा स्थापित गर्नुपर्ने बताउनु भयो । सिप सिकेर प्रमाण पत्र मात्र प्राप्त नगरी अति उत्तम व्यवसायी बन्नु आवश्यक देखिएको बताउनु भएको छ । यसैगरी कार्यक्रमको अध्यक्षता ग्रहण गर्नु भएका नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर लामाले ६० दिने रातो काम्लो बुनाई तालिमको शुभकामना दिदै अहिलेको जमाना प्रविधिमैन्त्री भएको र पुरानो सिपलाई जोगाई राख्नुपर्ने बताउनु भयो । यस्ता व्यवसायीक आम्दानी मुलक तालिम यो कार्यालयले वषैपिच्छे सञ्चालन गर्न आग्रह गर्नुभएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
हावाहुरीले लामालेख विद्यालयको जस्तापाता उडायो

हावाहुरीले लामालेख विद्यालयको जस्तापाता उडायो

चंखेली गाउँपालिका–६ स्थित गाउँको लामालेख प्राथमिक विद्यालय मासिधारामा हावाहुरी चल्दा विद्यालयको एक भागको जस्तापाता उडाएको छ ।
१३८ जना विद्यार्थीलाई झोला वितरण

१३८ जना विद्यार्थीलाई झोला वितरण

हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोट गाउँपालिका वडा नम्बर ५ मा रहेको भिमसेन आधारभुत विद्यालयका १३८ जना विद्यार्थीलाई झोला वितरण गरिएकोे छ
हुम्लाबाट एसइईमा ९ सय ८८ जना परीक्षार्थी सहभागी

हुम्लाबाट एसइईमा ९ सय ८८ जना परीक्षार्थी सहभागी

यस वर्षको एसइईमा हुम्लाबाट एक हजार १५ जना विद्यार्थी मध्ये ९ सय ८८ जना विद्यार्थी सहभागी