नेभिगेशन
समाज

नातीसँग स्कुल पढ्दै ५६ वर्षिय हजुरबुवा

सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका–५ तल्लो गाउँ निवासी ५६ वर्षिय धनलाल कामी बुढेसकालको उमेरमा नातिसँग स्कुल पढ्न थालेका छन् । यतिबेला तीन वर्षको नाति रोशन कामीसँग ५६ वर्षिय हजुबुवा सँगै कक्षा तीनमा बण््दै आएका छन् । कामी उमेरले चार वर्षपछि वृद्धभत्ता खाने अवस्थामा पुग्दैछन् । तर सानो छदा पढ्न नपाएपनि अब आफु बाचु    न्जेल पढ्ने कामीले बताउनुभयो । बढी पढ्न नसकिएपनि एसइई दिदासम्म पढाइलाई निरन्तरता दिने उहाँको भनाई थियो । अहिले नातिसँग सदरमुकाम सिमकोटमै रहेको भिमसेन आधारभूत विद्यालयमा कक्षा एकमा पढ्दै आएको कामीले बताउनुभयो । 

कामीले भन्न्ुभयो, सानो छँदा भेडाबाख्राको गोठालो बुज्ने हुँदा घरको घरयासी काममै उमेर विताएको भएपनि हिजोआज भने नैनिकी फेरिएको छ । पहिला यतिकै बस्नु पथ्र्यो भने हिजोआज कापीकलम बोकेर नातीलाई डोर्याउँदै स्कुल पुग्ने गरेको कामीको भनाई थियो  । 

पढ्ने इच्छा भए उमेरले छेक्दैन भन्ने कुरालाई प्रमाणित गर्दै उहाँले अध्ययन गरिरहनुभएको छ । उनका तीन छोरीमध्ये दुई छोरी त्यही विद्यालयमा पढ्छन् । जेठीलाई भने बोडिङ स्कुलमा भर्ना गरेका
सामान्यतया प्राथमिक तह अध्ययन गर्ने उमेर १० वर्षसम्म हो । तर, उमेर छ दशक पुग्दा पनि स्कुलमै गएर प्राथमिक तह पूरा गर्ने उहाँको यो अठोटलाई भिमसेन आधारभूत विद्यालयका प्रधानध्यापक काली बहादुर शाहीले स्यावासी दिएका छन् । 

पहिला आफ्ना आमाबुवाले सानो हुँदा पठनपाठनमा ध्यान त्यति नदिएको र त्यो समय बालबालिकालाई पठनपाठनमा चासो नदिने र गाइगोठालो पठाउने चलन रहेको थियो । अहिले ५६ वर्षसम्म आइपुग्दा हलो जुवा किसानी खेती किसानी काम गर्दै आएका कामीको भनाइ थिो । कक्षा दशसम्म पढ्न पाए निकै सहज हुने र सामान्य साक्षर भएपनि धेरै राहत मिल्ने उहाँले बताउनुभयो । शारिरीक हिसावले अहिले आफु अपांग भएको र घरमा आफ्नो केही काम नभएका कारण पनि नातीसँग स्कुलमा पढ्न सुरु गरेको कामीको भनाई थियो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्