नेभिगेशन
समाज

तरकारी बोकेकोे बोलेरो जीप थलहाल्नामा दुर्घटना

सिमकोट । नेपागञ्जबाट तराकारी लिएर हुम्ला आउदै गरेको तरकारी बोक्ने बोलेर जीप दुर्घटना भएको छ । सिमकोट गाउँपालिका ५ थलहाल्नामा आइतबार बिहान दुर्घटना भएको हो ।

नेपालगञ्जदेखी सदरमुकाम सिमकोट तर्फ तरकारी र कुखुराको मास ुलिएर आउदै गरेको बा ८ च ४७०० नम्बरको जीप बिहान दुर्घटना हुदा सडकबाट २५ मिटर तल खसेको छ ।

जुम्लाको गुठिचौर गाउँपालिका ४ बस्ने २५ बर्षिय करन बहादुर सार्कीले चलाएको गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । सोही गाडी चालक र सहचालक सर्केगाड गाउँपालिका वडा नं। ५ बस्ने राजन बुढा रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

गाडी भने हल्का कुच्चिएको छ ।  सडक भन्दा गाडी तल खसेको भएपनि मानबिय क्षेती भने कुनै नभएको पाइएको छ भने गाडीमा राखिएको तरकारी समेत समान्य रहेको प्रहरी नायब उपरिक्षक शंकर पोख्रेलले बताउनु भएको छ । घटना थप अनुसन्धानका लागि प्रहरीले चालक र सहचालक दुबैलाई नियन्त्रण लिइएको छ ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
हावाहुरीले लामालेख विद्यालयको जस्तापाता उडायो

हावाहुरीले लामालेख विद्यालयको जस्तापाता उडायो

चंखेली गाउँपालिका–६ स्थित गाउँको लामालेख प्राथमिक विद्यालय मासिधारामा हावाहुरी चल्दा विद्यालयको एक भागको जस्तापाता उडाएको छ ।
१३८ जना विद्यार्थीलाई झोला वितरण

१३८ जना विद्यार्थीलाई झोला वितरण

हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोट गाउँपालिका वडा नम्बर ५ मा रहेको भिमसेन आधारभुत विद्यालयका १३८ जना विद्यार्थीलाई झोला वितरण गरिएकोे छ