नेभिगेशन
समाज
जिल्ला समन्वय समिति हुम्लाको आठौँ जिल्ला सभा सम्पन्न भएको छ

    जिल्ला समन्वय समिति हुम्लाको आठौँ जिल्ला सभा सम्पन्न 

सिमकोट । जिल्ला समन्वय समिति हुम्लाको आठौँ जिल्ला सभा सम्पन्न भएको छ । जिल्ला समन्वय समिति हुम्लाको प्रमुख शिवराज शर्माको अध्यक्षतामा, कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता जीवन बहादुर शाहीको प्रमुख आथित्यमा र कर्णाली प्रदेशका पूर्व जल श्रोत तथा उर्जा विका मन्त्री रणसिंह परियारको विशेष आथित्यमा बुधबार जिल्ला समन्वयको सभाहलमा आयोजित सभा सम्पन्न भएको हो । सभाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम, विनियोजन ऐन सर्वसम्मत रूपमा पारित गरेको छ । जिल्ला समन्वय समितिले आफ्नो गत आर्थिक वर्षको विनियोजित रकमको सार्वजनिक भने गर्न सकेको थिएन् । 
जिल्लाका सात स्थानीय तहका मध्ये चंखेली गाउँपालिका अध्यक्ष बाहेक अन्य ६ वटा गाउँपालिका अध्यक्ष र सातवटा उपाध्यक्षको साथै प्रमुख प्रशासकीय अधिकृतको समेत उपस्थित रहेको थियो । यस्तै विभिन्न राजनितिक दलका प्रमुख एवम् प्रतिनिधि, विभिन्न सरकारी कार्यालयका प्रमुख एव्म प्रतिनिधि लगायत सञ्चारकर्मीको उपस्थित रहेको थियो । सभामा उपस्थित विभिन्न गाउँपालिका अध्यक्ष, उपाध्यक्षहरुले मुख्य बाटो, कृषि, उद्योग, पर्यटन, शिक्षा, स्वास्थ्य लगायतका विषयको माग उठान गरेका थिए । विशेष गरी कर्णाली करिडोरको खच्चा सडक खण्ड लगायतका क्षेत्रको स्तरउन्नती गर्नु पर्ने माग रहेको थियो । 
कार्यक्रमका विशेष अथिती समेत रहनुभएका कर्णाली प्रदेशका पूर्व जल श्रोत तथा उर्जा विकास मन्त्री रणसिंह परियारले हुम्ला भौगोलिक हिसावले विकट हुँदा यहाँको विकास भरपुर हुन नसेपनि अलि अलि भएको बताउनुभयो । आफु प्रदेशको तीन महिने मन्त्री हुँदा कर्णालीका अन्य जिल्ला भन्दा हुम्लालाई विकास आयोजनाका बजेटमा पहिलो प्रथामिकता दिनुका साथै छैटौं, सातौंँ हुनेमा तेस्रोमा राखेर बजेट विनियोजन गरेको बताउनुभयो । 
यस्तै कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री तथा कर्णाली प्रदेश सभा सदस्य जीवन बहादुर शाहीले हुम्लाको विकासका लागि आफु जिल्ला विकास समितिको सभापति हुँदा देखि नै लागि परेको बताउनुभयो । हुम्लाको विकासका लागि एक जनाको पहल भएपनि त्यसलाई पूरा गर्नको लागि सबैको हातेमालोको आवश्यक रहेको बताृनुभयो । आफु जहिले पनि हुम्लाको विकासका लागि साथ मै रहने प्रतिबद्धता समेत जनाउनुभएको थियो । सक्दो जति हुम्लालाई आफुले सक्ने जति गरेको पूर्व मुख्यमन्त्रस्ी शाहीलेको भनाई थियो । हुम्लाका जनप्रतिनिधिले किनेर ल्याएको विकास बजेट भन्ने भाश्य हुम्लामा पनि रहेको भन्ने प्रश्नमा शाहीले प्रशेदमा मात्रै नभएर जिल्ला तहदेखि प्रदेश हुँदै केन्द्रमा समेत चलन नै रहेको बताउनुभयो । तर यसको अन्त्य गर्नु पर्ने उहाँको भनाई छ । 
सभाको अवसरमा संस्थागत क्षमता स्वमूल्याङ्कन -lisa_ र वित्तीय सुशासन जोखिम मूल्याङ्कन  मा उत्कृष्ट अङ्क प्राप्त गरेको भन्दै प्रथम हुने सिमकोट गाउँपालिका सहित अन्य गाउँपालिकालाई समेत जिल्ला समन्वय समितिले सम्मान पत्र प्रदान गरेको छ । यस्तै ताँजकोट, खार्पुनाथ, नाम्खा र चंखेली गाउँपालिकालाई सम्मान गरेको हो । सभाका प्रमुख अथिती जीवन बहादुर शाहीले उक्त गाउँपालिकाका अध्यक्षहरुलाई सम्मानपत्र हस्तान्तरण गर्नुभएको हो । 
स्थानीय तहको आर्थिक कार्यप्रणाली र प्रशासनिक काम कारबाहीमा एकरूपता कायम गर्न तथा पारदर्शिता र जवाफदेहिता प्रवद्र्धन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा सञ्चालित स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन आधारमा हुम्लाका सात स्थानीय तह मध्ये सिमकोट गाउँपालिकाले सर्वाधिक अङ्क प्राप्त गरेको हो । नेपालको संविधानको धारा २२० अनुसार जिल्ला भित्रका गाउँपालिकाहरूबीच समन्वय गर्ने अधिकार भएको जिल्ला सभामा सबै पालिकाका प्रमुख, उपप्रमुख तथा अध्यक्ष उपाध्यक्षहरू सदस्य रहने व्यवस्था छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
भर्खरै