नेभिगेशन
समाज

एकीकृत समाजवादीको दशौं जिल्ला अधिवेशनका लागि मिति र लोगो सार्वजनिक

नेपाल कम्युनिष्ट पाटी एकीकृत समाजवादी हुम्लाले आइतबार आफ्नो दशौँ अधिवेशनका लागि पत्रकार सम्मेलन गरेको छ । एकीकृत समाजवादीका जिल्ला अध्यक्ष जोशी धामीको अध्यक्षतामा आईतबार जिल्लाका कृयाशिल सञ्चारकर्मीहरुसँग पत्रकार सम्मेलन गर्दै आफ्नो दशौँ जिल्ला अधिवेशनको मिती र लोगो सार्वजनिक गर्नुका साथै महाधिवेनका अन्य विषयवस्तुमा समेत जानकारी गराइएको छ । 
वर्तमान संकटग्रस्त अवस्थालाई अध्ययन गर्दै समाजवादी पाटी हुम्लाले आफ्नो दशौँ जिल्ला अधिवेशन २०८२ सालको वैशाख १५ र १६ गते जिल्लाको दक्षिण भेगमा पर्ने अदानचुली गाउँपालिकामा सञ्चालन गर्ने भएको जिल्ला इन्चार्ज कमल छत्यालले जानकारी दिनुभयो । 
जिल्ला अधिवेशन जिल्लाको सदरमुकाम सिमकोटमा गर्ने भनिएको भएपनि कर्णाली करिडोर अन्तरतगका केही सडक मर्मत तथा पुननिर्माणका लागी बाटो बन्द भई आवात जावातमा समस्या हुने हुदा जिल्लाको तल्लो क्षेत्र अदानचुली गाउँपालिकामा गर्ने भएको इन्चार्ज छत्यालले बताउनुभयो । 
एकिृकत समाजवादी पार्टी हुम्लाको १० औ जिल्ला अधिवेसनको उद्धाटन पार्टीका केन्द्रिय अध्यक्ष एवम पुर्व प्रधानमन्त्रि माधव कुमार नेपालले गर्नु हुने भएको छ । जिल्ला अधिवेशनमा संगठित सदस्य संख्या १ सय ८८ जना प्रतिनिधिले सहभागीता जनाउने भएका छन ।
१० औँ जिल्ला अधिवेशनको लोगो पाटी जिल्ला कमिटिको सातौ बैठकले चयन गर्नुका साथै यसको ब्याखा गरेको हो । दशौँ जिल्ला अधिवेशनको लोगोमा हुम्लामा पाइने लोप हुदै गएको वहुमुल्य कस्तुरी रहेको छ । यसको संरक्षण र संबर्दन गर्न जरुरी देखिएको, हुम्लामा प्रवाह भएको कर्णाली नदि, चंखेली हिमाल र कस्तुरी मृग जस्ता प्राकृतिक तथा साँस्कृतिक महत्व बोकेका सम्पदाहरु पर्यटकिय दृष्टिकोणले महत्व पुर्ण रहेकाले यसको संरक्षणमा जोड दिन उक्त लोगोमा समेटिएको हो । 
यसको लागी सबैको ध्यान आकर्षक गर्न समाजवादी पाटीको अधिवेशनको लोगोमा राखी प्रचार प्रसार गर्ने निर्णय गरिएको छ । यो अधिवेशन केवल पाटीको आन्तरिक प्रक्रिया नभई जिल्लाको समग्र राजनितिक, सामाजिक र आर्थिक रुपान्तरणमा महत्वपुर्ण रहेको बताइएको छ । आजै भएको पत्रकार सम्मेलन कार्यक्रममा एकिकृत समाजवादी पार्टीका पोलिट व्यरो सदस्य एवम् कर्णाली प्रदेश सह इन्चार्ज हस्त बहादुर शाही, जिल्ला समन्वय समितिका प्रमुख तथा केन्द्रिय सदस्य शिवराज शर्मा, पार्टी केन्द्रिय सदस्य प्रेमकला शाही र सञ्चारकर्मीको सहभागीत रहेको थियो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्