नेभिगेशन
समाज

ट्याक्टर पल्टिदा सिंह र भण्डारीको पसलमा क्षेती

सिमकोट । दक्षिण भेग क्षेत्रको सर्केगाड बजारमा ट्याक्टर पल्टिदा दुईवटा पसलमा क्षेती भएको छ । बैशाख १० गते (बुधबार) दिउसो २ः५५ वजेको समयमा कर्णाली प्रदेश ०२००१त०४८१ नम्बरको ट्याक्टर पल्टिदा सर्केगाड बजार स्थित काठे पुल ननिकैका दुईवटा पसलमा क्षेती गरेको पसल मालिक सन्तोष सिंहले बताउनुभयो । 
बजारदेखि सर्केगाड गाउँपालिका–५ स्थित गोठी, ४ को सायाँ र हिमज्योति माविमा जाने बाटोमा उक्त ट्याक्टर पल्टिदा सिमकोट गाउँपालिका–८ को खोल्सी गाउँका व्यवसायी सन्तोष सिंह र वडा नम्बर २ स्थित ठेहे गाउँका रवि भण्डारीको पसल क्षेती बनाएको व्यवसायी सिंहले जानकारी दिनुभयो ।
उहाँका अनुसार सर्केगाड गाउँपालिकाको चरम लापरवाहीका कारण ९० डिग्रिको बाटो निर्माणका कारण ट्याक्टर ब्याग गर्ने क्रममा अप्ठ्यारो भएर पल्टिएको हो । ट्याक्टर पल्टीएपछि आफ्नो होलसेल र थोकमा विक्रि गर्ने सम्पुर्ण सामग्री क्षेती गरेको सिंहले बताउनुभयो । त्यस्तै सोही पसलसंगै रहेको अर्का रवि भण्डारीको मोबाइल पसलमा पनि ठूलो क्षेती बनाएको छ ।
दुईवटै पसलमा लगाएको टिनका छानो, काठहरू भत्किनुका साथै सम्पुर्ण सामग्री टुटफुट र छताछुल्ल भएको व्यवसायी रवि भण्डारीले बताउनुभयो । ट्क्टर करीव ५० मिटर माथिबाट पल्टिए पनि सोही समयमा पसल भित्र मान्छे नभएका कारण भौतिक रुपमा ठूलो क्षेती भए पनि मानविय क्षेती भने नभएको पाइएको छ ।
घटना भएको जानकारी पाएपछि यतिवेला सर्केगाड इलाका प्रहरीचौकीका प्रहरी नायव निरिक्षक सुरेन्द्र भट्टको नेतृत्वमा प्रहरी टोलि घटना स्थलमा पुगेर प्रहरी मुचुल्का गर्न सुरू गरेको प्रहरी निरिक्षक सरोज कडेंलले बताउनुभयो । उहाँका अनुसार घटना भरखरै भएका कारण क्षेतीको विवरण आउँन बाँकी रहेको छ । उक्त विषयमा दुईवटै पक्षलाई राखेर छलफल समेत गरिने बताइएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्