नेभिगेशन
समाज

   १६ वर्षिय गर्भवति भण्डारीको  हेलिकोप्टरमार्फत उद्धार 

सिमकोट । सुत्केरी व्यथा लागेकी हुम्लाको सिमकोट गाउँपालिका–२ ठेहे गाउँकी १६ वर्षिय किशोरीको मंगलबार नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । सुत्केरी हुन डेढ महिना बाँकीको समय हुँदै गरेकी गर्भवती पुष्पा बोहरा भण्डारीको आज विहान सदरमुकाम सिमकोटबाट जिल्ला बाहिर उद्धार गरिएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख डाक्टर प्रतिक्षा भारतीले बताउनुभयो । आइतबारबाट एक्काी उच्च रक्तचाप भएपछि जिल्लामा उपचार सम्भव नभएपछि प्रादेशिक अस्पताल सुर्खेतमा रिफर गरिएको प्रमुख भारतीले बताउनुभयो । 
प्रसव व्यथा लागेकि भण्डारीको जिल्ला अस्पतालमा चेकजाँच गर्दा उच्च रक्तस्राव मात्रै नभएर पेटमा रहेको बच्चा ठाडो हुनु पर्नेमा तेस्रो भएको र बच्चाको टाउको अगाडी हुनु पर्नेमा साल अगाडी भएकाले जिल्लामा उपकरण, औजार लगायत दक्ष जनशक्ति अभावले जिल्ला बाहिर सुर्तेख उद्धार गरिएको हो । भण्डारीलाई अप्रेशन गर्नु पर्ने अवस्था आएको हुनाले सुविधा सम्पन्न अस्पताल सुर्खेतमा पठाइएको हो । 
भण्डारीको उद्धारमा जिल्ला अस्पताल हुम्लाको सिफारिसमा सिमकोट गाउँपालिका, स्वास्थ्य सेवा कार्यालय र जिल्ला प्रशासन कार्यालयको समन्वयमा महिला बालबालिका मन्त्रालयको राष्ट्रपति महिला उत्थान कोष कार्यक्रमबाट उद्धार भएको हो । हेलिकोप्टरमा उद्धार गरी सुर्खेत पुर्याए लगत्तै उहाँको प्रदेश अस्पतालमा उपचार भईरहेको छ । जनशक्ति र उपकरणको व्यवस्था नहुदा हुम्लाका सुत्केरी व्यथा लागेकी गर्भवती महिलाहरुका लागि यो कार्यक्रम वरदान सावित हुँदै आएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्