नेभिगेशन
राष्ट्रिय

१३ सय २ जनाको पिसिआर रिपोर्ट नेगेटिभ

हुम्ला जिल्लाका तीन वटा गाउँपालिकाले स्वाब संकलन गरी पठाएका सबै रिपोर्ट नेगेटिभ आएको छ ।

बिहिबार कार्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्ला द्धारा जारी बिज्ञप्तीमा अदानचुली गाउँपालिकाका १ सय ६८,ताँजाकोट गाउँपालिकाका ३ यस ९ र सिमकोट गाउँपालिकाका ८ सय २५ जनाको स्वाब संकलन गरी जुम्ला पठाएकोमा सबै रिपोर्ट नेगेटिभ आएको कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लाका निर्देशक मंगल रावलले जानकारी दिनु भएको छ ।

हुम्ला जिल्लाका तिन वटा गाउँपालिकाले आफ्नै लगानिमा भिटिएम (पिसिआर) किट खरीद गरी छिमेकी मुलुक भारत लगायत काठमाडौ,नेपालगञ्ज,बाँके बर्दिया लगायत नेपालका बिभिन्न जिल्लाका नागरीकहरुको पिसिआर संकलन गरी जुम्ला पठाएकामा बिहिबार सबै स्वाब परक्षिण गरी नेगेटिभ आएको छ ।

जिल्लाको दक्षिणी भेगमा रहेको अदानचुली गाउँपालिकाले आफ्नै लगानिमा नेपाल भित्रका करिब ४ सय भन्दा धेरै बिद्यार्थी तथा मजदुरहरुको उद्धार गरी क्वारेनटाइनमा राखेको छ । गाउँपालिकाले गरेको सबै क्वारेनटाइनमा राखीएका नागरीक मध्ये प्रत्येक क्वारेनटानको ४५ प्रतिशतका दरले र बाँकी गाउँपालिकामा कार्यरत क्रमचारी, स्वास्थ्यक्रमी,सञ्चारक्रमी,सुरक्षाक्रर्मी लगायत स्थानीयको गरी १ यस ६८ जनाको स्वाब संकलन गरी परिक्षणको लागि जुम्ला पठाएकोमा सबै रिपोर्ट नेगेटिभ आएकोमा गाउँपालिकाका अध्यक्ष दल फडेराले खुसी ब्यक्त गर्नु भएको छ । अध्यक्ष फडेराले गाउँपालिकाकामा अहिले सम्म कोभिड १९ को संक्रमण नभएकाले अझै यहाँका नागरीक सुरक्षीत र सावधानी अपनाउन अनुरोध गर्नु भएको छ ।

हवाई जहाज मार्फत उद्धार गरी जिल्ला ल्याएर सिमकोट गाउँपालिका विभिन्न क्वारेन्टीनमा राखिएका ८ सय २५ जनाको पिसीआर रिर्पोट नेभगेटिभ आएको छ । सिमकोट गाउँपालिकाका विभिन्न क्वारेन्टाइनमा रहेका सबैको रिर्पोट आएपछि उनीहरुलाई घर पठाइएको सिमकोट गाउँपालिका स्वास्थ्य शाखा संयोजक दान बहादुर बोहराले बताए ।

यस अघि ताजाँकोट गाउँपालिकाले ब्यबस्थापन गरेका ५ वटै क्वारेन्टाइनमा राखिएका नागरिकको गत हप्ताको शुक्रबार स्वाब संकलन गरी परिक्षणको लागि जुम्ला पठाएकोमा सबै रिर्पोट नेगेटिभ आएको गाउँपालिकाका अध्यक्ष बागदल मल्लले बताए । उनले भने हामीले वडा नम्बर ५ मदनाको मदनदेब मा वि , वडा नम्बर ४ को गोठेलबाडा, जनप्रकास माबीमा,वडा नम्बर ३ को धर्मोदय माबी र कुवाडीको माथी लुइयाटा भन्ने ठाउँमा केन्द्र बनाइ ३ सय ९ जनाको स्वाब संकलन गरीएकोमा सबैको रिर्पोट नेगेटिभ आएको स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लालाई उद्धित गर्दै उक्त गाउँपालिकाका स्वास्थ्य संयोजक राजेन्द्र स्यांकुले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।