नेभिगेशन
राष्ट्रिय

हुम्लाको हिल्सामा पहिलो पटक सशस्त्रको (बिओपी) स्थापना

छिमेकी देश चीन सँग जोडिएको हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सामा पहिलो पटक आज शनिबार सशस्त्र प्रहरीको (बिओपी स्थापना भएको छ । केही दिन अगाडी मात्रै चीनसँग जोडिएको हुम्लाको हिल्सा नाकामा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट गर्नका लागी सशस्त्रको टोली हिल्सामा पुगेको थियो ।

डिआईजी इन्जिीनीयर प्रताव बाबु श्रेष्ठ र प्रमुख जिल्ला अिधकारी चिरनजीवी गिरीको उपस्थितमा आजै पहिलो पटक हुम्लाको सिमानाका हिल्सामा सशस्त्र प्रहरीको बिओपी स्थापना गरीएको हुम्लाका सशस्त्र प्रहरीका प्रमुख मोहन विष्टले जानकारी दिनुभयो ।

डिआईजी इन्जिनीयर श्रेष्ठ हुम्ला पुगेर चीन सँग सिमा जोडिएको हिल्सा नाकामा २५ जना सशस्त्र प्रहरी रहने गरी (बिओपी) स्थापना गरीएको हुम्लाका प्रमुख श्रेष्ठले जानकारी दिए ।

सशस्त्रको ४४ नम्बर गुल्मका प्रहरी नायब उपरीक्षक विष्टको नेतृत्वमा दश जनाको टोली हिउँले ढाकिएको चार हजार मिटर अग्लो नारा लेक छिचोलेर जेष्ठ महिनामा हिल्सा पुगेको थियो ।

टोलीले घर भाडामा लिनेदेखि अन्य व्यवस्थापनका काम सकेपछि आज (बिओपी) स्थापना गरीएको हो । हिल्साको (बिओपी) मा इन्स्पेक्टरको नेतृत्वमा २५ जनाको टोली खटिएको छ । गत वर्ष नै निर्णय भएको भए पनि हिल्सामा बिओपी स्थापना हुन सकेको थिएन ।

बिओपीले सीमा सुरक्षासँगै सीमामा हुने अन्य आपराधिक र गैरकानुनी गतिविधिको पनि निगरानी गर्नेछ । यसअघि हिल्सामा नेपाल प्रहरीको टोलीले सीमा सुरक्षाको काम गरिरहेको थियो भने यो वर्ष देखि सशस्त्र प्रहरीले पनि नेपालको सिमा रक्षाको निम्ती खटिएको छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।