Kannali Khulla Grihani Vidhyalaya

घरको काम छोडर क, ख सिक्दै हुलाका आमा

मिस हामीले त १ र १ एघार भन्ने पढेको सुनेका थियौ, यो एक दश एक एघार भन्ने त जात्ती गाह्रो प हुँदो भ छ त, एक र एक एघार भन्या हुन्या होइन त ?

 

 काखमा १ महिनाको नवजात शिशु अनि दाहिने हातमा सिसाकलम समातेर १ देखि २० सम्मका अंक लेख्दै र अंक भन्दै गरेकी कन्नाली खुला गृहणी विद्यालयको रोल नं. ४० की कक्षा १ मा अध्ययनरत ठेहे २ की दान बोहोराले विद्यालयकी शिक्षिका इसा धामीले कक्षमा पढाइरहेको बेला अचानक यो शब्द मुखबाट फुत्काई हालिन । ३ सन्तानकी आमा ३० वर्षिय बोहराले यसभन्दा अघि आप्mनी कक्षा ३ मा अध्ययरत छोरीले एक र एक एघार भनेको केही सहज मानेकी भएपनि गृहणी विद्यालयकी शिक्षीका धामीले एकदश एक एघार भनेर सिकाउन थाले पछि आफू भन्न अलमलिएर यो वाक्य एकाएक फुत्क्याएको उनले बताईन् । बोहरा मात्रै होइनन् दुर्गम क्षेत्र विकास समितिका बहालवाला उपाध्यक्ष तथा शाहीकालका सहायक राज्यमन्त्री समेत रहेका पूर्व सांसद एवम् एमाओवादी नेता छक्कबहादुर लामाकी श्रीमती ५५ वर्षकी रिग्जी लामाले पनि आफूलाई एकदश एक एघार भनेर अंक सिकाएको गाह्रो मानेपछि विद्यालयका मूख्य शिक्षक भिमप्रसाद पंगालीलाई समेत कुरा लगाइन् “सर हामीले त यसरी कहिल्यै पनि नपढेको र अरुले पनि पढेको नसुनेकाले गाह्रो भयो” हामीले जेसुनेका थियौ त्यहीगरी पढे के हुन्छ ? उनले सोधेपछि शिक्षक पंगालीले तत्कालै जसरी सजिलो लाग्छ त्यसरी नै पढेहुने बताउन नपाँदै कक्षा १ का छत्तिसै जना आमा विद्यार्थीले ठुलो श्वरमा अंक रटीन् । शिक्षक पंगाली कक्षा २ छोडेर कक्षा १ मा भएको समस्या समाधान गर्न गएको देखि पछि कक्षा २ की सबै गृहणी विद्यार्थी सर र मिस दुवैजना मिलेर आफूलाई छोडी कक्षा १ र ३ मा मात्रै गएको भनेर तत्कालै गुनाशो गरेपछि शिक्षक पंगालीले भने “ ल देख्नु भो ! उहाँहरुमा यस्तो पढ्ने इच्छा छ तर के गर्नु मौका नपाएका मात्रै रहेछन्” ।



यो रोमान्चकारी चटारोसँगै हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा महिला गृहणीलाई अनौपचारिक माध्यमबाट औपचारिक शिक्षा प्रदान गर्न भर्खरै स्थापना भएको कन्नाली खुला गृहणी विद्यालयको स्थपनाले वास्तवमै सिमकोटमा आमाहरुको आजकाल दैनिकी वदलिएको छ । सानो कोठा अनी कोही काखमा बच्चा समातेका त कोही सेतै कपाल फुलेका देखी भर्खरका महिलाहरु भूईमा बिछ्याएको हरियो प्पाष्टिक माथि खचाखच भएर बसेका अनी लजाउँदै कत्तिखेर क, ख, ग  त कतीखेर ब्,द्य, ऋ, म् देखि १,२,३,४ त कतिखेर अ, आ, इ, ई चिच्याएर शस्वर बाचन देखि घरबाट आप्mना वालवालिकाले फालेको शिसाकलमले कपीमा लेख्नु र विद्यायका शिक्षक शिक्षिकालाई देखाउनु सदरमुकाम सिमकोटका महिलाको आजभोली दैनिकी जस्तै भएको छ । सँधै साँझ परेपछि घरमा चुलोचौको देखि घरको विभिन्न काममा व्यस्त हुने आमाहरु अहिले सबै कामलाई व्यवस्थापन गर्दै औपचारिक शिक्षा आर्जन तर्फ आकर्षित भएका छन् । दिनहुँ अनउत्पादक काममा समय खर्चिनु पर्ने आफ्नोको दैनिकीलाई विद्यालयले पूर्णरुपमा परिवर्तन गरेको सिमकोट माथिल्लो बजारको बिजय होटेलकी साउनी कक्षा २ की  ३३ वार्षिय याêी लामाको अनुभव छ ।
आफु सानो छँदा विद्यालयमा पढ्न नपाएका विभिन्न ठाउँमा घर भएपनि सिमकोटमा आ–आफ्नो कामका सिलसिलामा बस्दै आएका महिलाहरुको औपचारिक शिक्षा प्रतिको मोहलाई पुरागर्न जिल्लामा पहिलो पटक गृहणीका लागि २०७० साल असार १ गते देखि विद्यालयको स्थापनाले सिमकोटका महिलाको दैनिकी पुरै बलिएको छ । हरेक दिन घरमा चुलो चौको, वालवालिकाको स्याहार सुसार देखि फुर्सदको समयमा पसल भएका महिलाले पसलमा बस्ने र पसल नभएका महिलाले विभिन्न कुरा काट्दै बस्ने गरेका सिमकोटका महिलालाई अहिले हरेक दिन थोरै समय पनि फुर्सद हुने बित्तिकै आफ्नो गृहकार्य गर्ने लोभ लाग्न थालेको छ । घरको काम देखि विद्यालय गएका छोराछोरीको रेखदेख समेत भ्याएर शनिबार बोहक सबै दिन अपरान्ह साढे ४ बज्ने बित्तिकै किताब, कपि, सिसाकलम सहितका सरसामान भएको प्लाष्टिकको झोला हातमा बोकेर विद्यालयमा हाजिर हुन्छन । पहिला आप्mा छोराछोरीलाई कपी कलमको जोहो गर्ने आमा अहिले छोराछोरीले फालेका सिसाकलम र कपी आफैलाई लेख्न हुन्छ भन्दै थप किफायती गर्ने भएका छन् ।


छोरीलाई विद्यालय पढाउन हुदैन भन्ने मान्यताका कारण आफूसानोमा छँदा आमावुवाले विद्यालय नपठाए पनि विद्यालय पढ्ने ठूलो इच्छा भएकी डाँडाफया धारापोरिकी २० वर्षिय रञ्जना शाही देखि शाहीकालका सहायक राज्य मन्त्री तथा वर्तमान दुर्गम क्षेत्र विकास समितिका उपाध्यक्ष छक्कबहादुर लामाकी ५५ वर्षिया रिग्जी लामा सम्मको उमेरका १ सय २० जना आमाहरु कम्मर कसेर पढाई पुरा गर्न लागेका छन् । शुरुका दिनमा पढ्न सकिन्छ कि सकिदैन भनेर दोधार भएका सबै अमाहरु शुरुकै वर्षको ४ महिनाकै पढाइले धेरै पढ्न सिकाएकोले आफ्नो आत्म विश्वास बढेको पतिक्रिया दिन थालेका छन् । उनीहरु एक वर्षको पढाइले एसएलसी परिक्षा समेत दिने अठोट व्यक्त गर्न थालेका छन्  । शुरुमा सबैले बुढेसकालमा पढेर के हुन्छ भनेर जिस्क्याउँदा निरास भएकी कक्षा २ रोल्ल नं १६ की ५ सन्तानकी आमा ४० वाषर््िाय जुनुदेवी सुनारलाई पनि अहिले जसले जेसुकै भने पनि आफू पढेरै छोड्ने आत्म विश्वाश जागेको छ । सिमकोट माथिल्लो बजारमा किराना पसल चलाएर गुजारा चलाइरहेकी सुनारलाई ग्राहकले विल बनाई दिनु भन्दा आफूलाई विल लेख्न नआउने भनेर खाली विल लिएर जानु भनेपछि विल नै बनाउन नआउनेले किन पसलमा बस्नु भनेर ग्राहकले गरेको अमिलो मुखले आत्मै देखि पढ्ने इच्छा जागेर आएको छ । सिमकोटमै सुनको गहना पहल गरेर बसेका जुनुदेविका पतिले मर्नेबेला हरियो कांक्रो भन्दै किन पढेको होला ? के तँलाई खान पुगेको छैन् र जागिर खानलाई पढ्न थालेकी ? भनेर हरेक दिन घरमा गरेको किचकिचलाई समेत प्रवाह नगरे की उनले आत्मै देखि पढ्ने इच्छाका कारण विद्यालयमा भर्ना भएको बताईन । समयले साथ दिएमा र विद्यालय बन्द नभए आफूले एसएलसी पास गर्ने अठोट उनले बोककी छन् ।
 यसैगरी सिमकोटमा भएको एकमात्रै पत्रिका पसल रोकाया सपिङ सेन्टरकी साउनी तारादेवी रोकाया रावतलाई पनि नपढेकोमा कम्ती आत्मग्लानी भएको छैन् । ३ सन्तानकी आमा समेत रहेकी वालमन्दीर माध्यामीक विद्यालयका शिक्षक लालबहादुर रावतकी श्रीमती तारादेवीलाई पसलमा सबै प्रकारका ग्राहक आएर पत्रिका पढेको र पत्रिकामा लेखिएका समाचारका बारेमा गरिएको छलफल सुन्दा अत्यान्तै पत्रिका पढ्ने मन जाग्छ तर पढ्न नआएकोले उनलाई पढ्न नपाएको पिंडाले मनमनै भतभती पोलेको छ । यति मात्रै होईन जिल्लामा भएका विभिन्न कार्यालयले विल बनाइ दिन भन्ने बित्तिकै उनलाई मनमनै ज्वरो आउने गरेको घटनाले गृहणी विद्यालयमा पढ्न थप प्रोत्साहित बनाएको छ । विल बनाउनका लागि कसैले भनेमा यात स्कुलबाट श्रीमान कुर्नु पर्ने या त पसलमा आएका कोही ग्रहकलाई गुहार्नु परेको पिडा उनका लागि कम्ती दुखदायी छैन् । सिमकोटकी स्थायी वासिन्दा भएपनि सिमकोटको मुख्य बजारमा ठूलै पसल चलाएर बसेकी तारादेवीको पसल नै काठमाडौमा वालबच्चा पढाउने र आप्mनो गुजार चलाउने भरपर्दो पेशा भएकोले उनलाई जसरीपनी पढ्नै पर्ने बाध्यता ठानेकी छन् उनले । दिउँसो पसलमा बसेर गाहक सँग भलाकुसारी गर्ने र साँझ बिहान घरमा सामान्य कखरा, सिकेकी तारादेवीलाई अहिले गृहणी विद्यालय अत्यान्तै रोजाईको विषय बनेको छ । विद्यालयको कक्षा २ को रोल नं.२ कि उनी आजकाल पसलमा समेत कपी किताब राखेर गृहकार्य गर्नमा निकै व्यस्त देखिन्छन् । उनलाई अव जसरी भएपनि पसलमा बिला बनाउने पत्रिका पढ्ने काठमाडौमा भएका छोराछोरीसँग इमेलमा कुराकानी गर्ने जिवनकै सबैभन्दा ठूलो धोको छ ।
 यसैगरी सिमकोटमा भएको बिजय होटेलकी साउनी याङकी लामालाई पनि आफू बढी होटेको काउण्टरमै बस्ने गरेको तर बिल बनाउन नआएको पिडा र काठमाडौ लगायतका स्थानमा घुम्न गएको बेला उक्त ठाउँको नाम र अन्य स्थानमा जाने बाटो समेत बोर्डमा लेखेको हुने गरेकोले पनि आफूलाई आत्मै देखि पढ्ने जाँगर आएको बताउँछिन् । (हेर्नुहोस बक्स)

 

 


विद्यालयमा भर्ना भएकी सबै जना महिलाले अहिले नियमीत रुपमा पढ्ने बानी परेकोले शनिबार विद्यालयमा विदा हुने भएकाले आफूलाई के के नपुगे जस्तो लाग्ने गरेको बताउन थालेकी छन्  । विद्यालय खोलेको सूचना रेडियो कर्णाली आवाज बाट सुनेपछि सिमकोट आसपास देखि जिल्लाको सदरमुकाम सिमकोट देखि ४४ कोष टाढा घर भएका महिलाहरुले समेत भर्ना गरेको विद्यालयका प्रधानाध्यापक हिरा रोकाया बोहराले बताएकी छन्  । शुरुमा १ सय ५० जना भर्नाका लागि सम्पर्कमा आएको भएपनि अहिले नियमीत रुपमा ७० देखि ९० को बिचमा अध्ययन गर्न आउने गरेको विद्यालयका शिक्षक भिमप्रसाद पंगालीले जानकारी दिनु भयो । दिउँस सिमकोटको मानसरोवर नमुना उच्च माध्उामीक विद्यालयकमा माध्यामिक तथा उच्च माध्यामीक तहमा अध्ययपन गराउँदै  आएका शिक्षक पंगालीले विद्यालयको व्यवस्थापन पक्षको आग्रहका कारण अपरान्ह साढे ४ बजे देखि गृहणीलाई पढाउँदै आएका छन् । केटाकेटी भन्दा गृहणी महिलालाई पढाउन सजिलो भएको अनुभव गरेका शिक्षक पंगालीले गृहणी महिलाले जानेका कुरा भन्न वा नजानेका कुरा सोध्नका लागि लजाउनाले केही समस्या हुने अनुभव गरेको बताउँछन् । विद्यालयमा भर्ना भएका सबै गिृहणी विद्यार्थीको उत्साह हेर्दा अत्यान्तै प्रभावकारी भएको र यसै प्रकारले चासो देखाएर गएमा सबैले एसएलसी सम्म सहजै पढ्न सक्ने ठम्याई उहाँको छ ।  २०३६ साल देखि निरन्तर अध्यपन पेशामा संलग्न भएदेखि सबै भन्दा आनन्द र खुशीको अध्यपनको क्षेणका रुपमा गृहणी विद्यालयलाई लिएको उनले बताएका छन् । विद्यालय शुरुको अवस्थामा भएकोले विद्यार्थीका लागि पाठ्य पुस्तक, फर्निचर र भवनकै समस्या भएको बताएका शिक्षक पंगालीले हाल बहु–कक्षा शिक्षणबाट पढाई सूचारु गरेको बताउँछन् । भूईमा पाल बिछ्याएर पढिरहेको बताएका उनले बिस्तारै दिर्घकालिन सोचका लागि सम्बन्धित निकाय लाग्नु पर्ने बताउछन् ।

 


विद्यालयमा समस्या भए घरबाट समेत पैशा लिएर आफू पढ्ने विद्यार्थीको अठोट
रेडियो कर्णाली आवाज र जिल्ला शिक्षा कार्यालयको संयुक्त पहलमा शुरु भएको कन्नाली खुला गृहणी विद्यालयको व्यवस्थापन स्थापनाका लागि जिल्ला शिक्षा कार्यालयबाट गएको शैक्षिक शत्रमा ६५ हजार रकमको व्यवस्था भएको भएपनि विद्यालयको लागि घरभाडाका लागि मासिक ३ हजार, विद्याजर्थीको पाठ्य पुस्तकका  र विद्यालयका शिक्षक २ जनाका लागि समेत तलव नैं नपुग्ने भएको भन्दै विद्यालयका सम्बन्धित निकायले चिन्ता व्यक्त गरेको बेला विद्यालयमा अध्ययनरत गृहणी विद्यार्थीले आफूले शिक्षकलाई घरबाट पैशा उठाएर भएपनि तलव दिने आर्थिक अवस्थाका कारण विद्यालयको पढाईलाई कम नगर्न आग्रह गरेको बताएकी छन् । नेकपा एमाले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य समेत रहेकी कालीका गाविस स्थायी घरभएर सिमकोटमा बस्दै आएकी विद्यालयको कक्षा १ को रोल नं ४५ की सौमती ऐडीले हामीलाई जसरी पनि पढाउनु पर्ने बताएकी छन् । महिलाहरुका लागि अहिले सम्म जस्ता सुकै नारा लगाइएका भएपनि वास्तविक महिलाको लागि फाइदा पुर्याउने ध्ययका साथ पहिलो पटक यो विद्यालय स्थापना भएको उल्लेख गर्दै ऐडीले सबै महिला तथा शिक्षा क्षेत्रमा काम गर्ने निकाय र कार्यालयलाई समेत आग्रह गरेकी छन् । यसैगरी कक्षा २ रोल नं १ की नौरता छत्यालले पनि आप्mनो पढाई अत्यान्तै प्रभावकारी भएकोले अलिअलि पैशाका कारण रोकीन गए सबै विद्यार्थी लागेर पनि शुचारु गर्ने बताएकी छन्  । उता विद्यालयको संस्थापक रेडियो कर्णाली आवाजले शूरुमा व्यवस्थीत गर्नका लागि समस्या भएको भएपनि बिस्तारै व्यवस्थित बन्दै गएको बताएको छ भने जिल्ला शिक्षा कार्यालयले विद्यालयको भौतिक पूर्वाधार तथा फर्निचरका लागि अहिले गृहणी विद्यालयकना विद्यालर्थी भूइमा पाल बिछ्याएर बसेको भएपनि बिस्तारै यसको व्यवस्थापनका लागि विभिन्न निकायसँग समन्वय गरी व्यवस्थित बनाउनमा आफू समेत पहल गर्न तयार रहेको र युनिसेफ लगायतका विभिन्न निकायमा समेत पहल गरिएको बताउँनु भएको छ ।

रेडियो बाट पनि औपचारिक शिक्षा

सञ्चार क्षेत्र राज्यको चौथो अंगका रुपमा विश्वभरी नै स्विकारीएको भएपनि सञ्चार माध्यामले औपचारिक शिक्षा समेत दिन सक्छन् भन्ने कुराको प्रमाणीत हुल्लामा भएको छ । नेपालको मानव विकास सुचाकांकको पुछारमा रहेको दुर्गम हिमाली जिल्ला हुम्लामा दैनिक १० घण्टाको प्रशारण समयमा सूचना, समाचार  रमनोरञ्जन दिदै आएको रेडियो कर्णाली आवाजले अनौपचारिक रुपमा औपचारिक शिक्षा प्रदान गर्न सकिन्छ भन्ने हेतुले गृहणी महिला विद्यालयको समेत शुरु गरेको छ । रेडियोले जिल्ला शिक्षा कार्यालय सँगको समन्वयमा सिमकोटमा पहिलो पटक कन्नाली खुला गृहणी विद्यालय स्थापना गरी पढाई शुरु गरेको रेडियो सञ्चालक समितिका अध्यक्ष एवम् विद्यालयका सल्लहकार दल रावलले बताए । सहश्राब्दी विकास लक्ष्य अनुशार आगामी सन २०१५ सम्म नेपालमा भएको निराक्षरता दरलाई सुन्यमा पुर्याउनका लागि दुरशिक्षा र प्रत्यक्ष शिक्षा प्रदान गर्न सञ्चारमाध्याम अत्यान्तै प्रभावकारी भएकोले रेडियो कर्णाली आवाजले औपचारिक रुपमा आफैले व्यवस्थापन गर्ने गरी महिला गृहणी विद्यालय सञ्चालन गरेको विद्यालय व्यवस्थापन समितिका सदस्य समेत रहेका रेडियो सञ्चालक समितिका सदस्य अमर बहादुर शाहीले बताउनु भयो ।  उनका अनुशार रेडियोले हाल सिमकोटमै २ कोठा लिएर कक्षा १ र २ मा जिल्लाका विभिन्न क्षेत्रमा रहेका १ सय २० जना गृहणी महिलालाई विद्यालयको औपचारिक शिक्षा प्रदान गर्दै आएको छ । विद्यालयमा भर्ना भएका सबै महिलाहरु सँगको सल्लाहमा सबैले शनिबार बाहेक हरेक दिन अपरान्ह साढे ४ बजे देखि कक्षा सूचारु गर्ने सल्लाह गरे पछि औपचारिक पढाई शूरु भएको विद्यालयका प्रधानाध्यापक हिरा रोकाया बोहराले बताईन  । उनका अनुशार हाल सम्म विद्यालयमा कक्षा १ मा ५६ जनाले भर्ना गरेकी छन भने कक्षा २ मा ६४ जना महिलाले भर्ना गरेकी छन्  । बिहान र दिउँसको समयमा आप्mनो घरको काम सकेर बेलुकाको समय निकालेर आफूहरु साँझ ६ बजे सम्म पढ्न आउने गरेको भर्ना भएका गृहणी महिला विद्यार्थीले बताएकी छन् । हुम्लामा नयाँ खालको विद्यालय भएकाले विद्यार्थीले शूरुमा साउ अक्षर सिकेमा रेडियो बाट समेत हरेक दिन २ घण्टा पढाउने रडियो कर्णाली आवाजले बताएको छ । रेडियोलाई सूचना, मनोरञ्जन मात्रै भन्दा पनि बिस्तारै औपचारिक तथा अनौपचारिक शिक्षालयको रुपमा विकास गर्ने प्रयास स्वरुप विद्यालय स्थापना गरिएको रेडियोको सञ्चालक समिति सदस्य समेत रहेका विद्यालय व्यवस्थापन समितिका सल्लाहकार विरजंग शाहीले बताए । विद्यालयको व्यवस्थापनमा शूरुको समय केही संकटपूर्ण भएको भएपनि बिस्तारै रेडियोको आम्दानीले विद्यालय र विद्यालयको आम्दानीले रेडियो सञ्चालनको परिपुरकका रुपमा स्पष्ट कानुनी व्यवस्था गरेकोले विद्यालय र रेडियो सञ्चालनमा समस्या भन्दा संचभावना बढि भएको जिल्ला शिक्षा अधिकारी कुलबहादुर फडेराले बताएका छन्  ।

 
 
  • OFF AIR

Latest News

Today's Highlight

View all programs