News

फाइनलमा फ्रान्स

बेल्जियमलाई १–० ले पराजित गर्दै फ्रान्स रसियामा जारी विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा  प्रवेश गरेको छ । 

सेन्ट पिटसवर्ग स्टेडियममा करिब ६० हजार दर्शकमाझ भएको पहिलो सेमिफाइनल भिडन्तमा खेलको ५१ औँ मिनेटमा गरेको गोल नै फ्रान्सलाई उपाधि नजिक पु¥याउन पर्याप्त भयो । 

पहिलो हाफ गोलरहित बराबरी खेलेपछि दोस्रो हाफमा फ्रान्सलाई जिताउने क्रममा खेलको ५१ औँ मिनेटमा कर्णर बललाई सदुपयोग गर्दै बार्सिलोनाका डिफेन्डर स्यामुएल युमिटीले जाली चुमाएका थिए । 

एन्टोइन ग्रिजमनले दिएको कर्णर बललाई हेडरमार्फत युमिटीले जाली चुमाएपछि फ्रान्स १–० ले विजयी हुँदै विश्वकपको फाइनलमा प्रवेश गरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको अवस्थामा २००६ यता पहिलो पटक सेमिफाइलनमा पुगेको फ्रान्सलाई फाइनलमा पुर्याउन त्यही गोल नै पर्याप्त भयो । 

पहिलो हाफमा बेल्जियमले खेलमा दबाब राखे पनि दुवैतर्फबाट भएका गोल प्रयास सफल हुन नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । 

  • OFF AIR
Kannali Open Women School

Today's Highlight

View all programs