News

सिमकोट दोस्रो पूर्ण खोप युक्त गाउँपालिका घोषित

सिमकोट 
  हुम्लाको सिमकोट गाउँपालिकालाई जिल्लाकै दोस्रो पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । 
गाउँपालिकाका ८ वटै वडाहरुका २ सय ५९ वालवालिका मध्ये ८० प्रतिशत भन्दा बढी वालवालिका ११ वटै रोगहरु विरुद्धका खोपको पहुँचमा रहेपछि पूर्ण खोप युक्त गाउँ पालिका घोषणा भएको सिमकोट गाउँपालिकाका स्वास्थ्य संयोजक धुर्ब सिंहले बताए ।  
नेपाललाई पूर्ण खोपयुक्त देश घोषणा गर्ने लक्ष्य अनुशार सिमकोटमा भएका सबै वालवालिकालाई गएको वर्षदेखि सघन खोप अभियान सञ्चालन गरेकोले पूर्ण खोप युक्त पालिकाका रुपमा घोषणा गर्न सफल भएको हो । 
पालिका भित्रका जन्मने बित्तिकै क्षय रोग, बिसीजी खोप, डिपीटी हेपटाईटिस बि र डिबी ६ हप्ता, १० हप्ता र १४ हप्तामा ३ पटक, पोलियो थोपा र ९ महिना पूरा भएपछि, दादुरा–रुवेला खोप लगाएपछि पालिकालाई घोषणा गरिएको बताएका जिलला स्वास्थ्य प्रमूख डा. रञ्जितकुमार यादवले अब सिमकोट गाउँपालिका कुनैपनि वालवालिका खोपबाट बञ्चित हुनु नपर्ने बताए । 
गाउँपालिका सबै वडामा बिसिजी ९८, डिपीडी ९४, ओपिभी ९४,  पिसिभि ९२, जेई ९४ र  एमआर ८८ प्रतिशत बालबालिकामा पहुाच भएको बताएका डा. यादवले अन्नपूर्णसँग भने “आगामी आर्थिक वर्षमा जिललाका सातवटै गाउँपालिकालाई पूर्ण खोपयुक्त पालिका घोाषणा गरेर जिल्लालाई नै घोषणा गरिने छ ।”
 असार २५ गते खार्पूनाथ गाउँपालिकालाई पूर्ण खोपयुक्त पालिका घोषणा गरेको हुम्लामा ८७ वटा खोपकेन्द्र मार्फत खोपको पहुँच बढाएर जिल्लालाई छिट्टै पूर्ण खोपयुक्त जिल्ला घोषणा  गर्ने योजना रहेका जिल्ला स्वास्थ्य कार्यालय हुम्लाले जनाएको छ । 
  • OFF AIR
Kannali Open Women School

Team Members

  • Mr. Mimsing Nepali

    Mr. Mimsing Nepali

    Assistance News Coordinator
  • Mr. Suresh Pariyar

    Mr. Suresh Pariyar

    Reporter
  • Mr. ARJUN BOHARA

    Mr. ARJUN BOHARA

    TECHNICAL HEAD
  • Mr. Nabaraj Mahatara

    Mr. Nabaraj Mahatara

    Station Manager
  • Migur Lama

    Migur Lama

    News Presenter (Lama Kham)
  • Mr. RESHAM RAJ ROKAYA

    Mr. RESHAM RAJ ROKAYA

    PROGRAM PRODUCER
  • Mr. Dala Rawal

    Mr. Dala Rawal

    Board of Director
View all team members