News

करेष्ट लागेर एकको मृत्यु दुई घाइते

सिमकोट 
बाटोमा छरपष्ट पारिएको विद्युतको तारबाट करेष्ट लागेर सिमकोट गाउँपालिका २ कि जसी भण्डारीको ज्यान गएको छ ।  
हिल्दुम साला जलविद्युत आयोजनाले दोजाम खोलाका लागि लिएको लाइनको तार ठेहे गाउँको बुकाखोला भन्ने ठाउँमा सर्ट भएपछि बाटोमा हिडिरहेकी ४५ वर्षिय भण्डारीको ज्यान गएको छ भने ३० वर्षिय कलदरी भण्डारी र बाँचपुरी बोहरा सख्त घाइते भएको ठेहबाट स्थानीय विष्णु बोहराले जानकारी दिए । 
सदरमुकाम सिमकोट सहित साविकका सात गाविसमा प्रसारण लाइन वितरण गरेको ५ सय वाडको आयोजनाले वितरण गरेको लाइनका छरिएका तारबाट आप्mनै बारीमा कोदो गोडमेल गरिरहेकी भण्डारीलाई करेष्ट लागेको थियो । बारीमा जथाभावी गाडेको पोलबाट छरिएको तारले करेष्ट लागेकी  भण्डारीलाई समात्दा सँगैकी कलदरी घाइते भएकी हुन । 
बरीमा सँगै गोडमेल गरिरहेकी सहोदर दिदी (जसी) लाई करेष्ट लागेर छटपटाउन थालेपछि कलदरीले नांगो हातले छुट्याउन खोज्दा उनलाई पनी करेष्टले तानेको स्थानीय विष्णु बोहराले जानकारी दिए । करेष्ट लागेपछि त्यसबाट बच्न के गर्नु पर्छ भन्ने जानकारी नहुँदा करेष्टमा तानेकी कलदरीलाई जसीको ज्यान गएपछि छोडेकाले ज्यान जानबाट जोगिएको बताएका बोहराले हिल्दुम साना जलविद्युत आयोजनाको वितरण केन्द्रले लाइन बिस्तारमा लापरबाही गरेको परिणाम १ जनाको ज्यान गएको बताए ।   
गाउँबाट आधा घण्टाको दुरीमा रहेको घटना स्थलमा अन्य कोही नहुँदा त्यस्तो घटना घटेको प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक रविन श्रेष्ठले बताए । 
करेष्ट लाग्दा त्यसबाट कसरी बच्नु पर्छ भन्ने जानकारी हुम्लावासीमा नभएकाले आजको दुखत घटना घटेको बताएका प्रहरी नयाव उपरिक्षक श्रैष्ठले अन्नपूर्णसँग भने “वास्तविक घटनाको बारेमा स्थलगत जानकारी ल्याउन हामीले प्रहरी टोली खटाएका छौं ।” 
विद्युत आयोजनाले गएको वर्ष मात्रै लाइन बिस्तार गरेका सिमकोट गाउँपालिका १ दोजामका लागि लगिएको लाइनको पोलको उचाई  कम्तीमा   ५ फिट हुनु पर्ने भएपनि लाइन बिस्तारमा खटिएकाले कामदार र प्राविधिकले बाटोभन्दा  ४ फिटको खम्बा मात्रैराखेपछि बाटोमा हिड्ने बटुवालाई करेष्ट लागेको हिल्दुम साना जलविद्युत आयोजना वितरण केन्द्रका रामे भण्डारीले बताए । 

  • OFF AIR
Kannali Open Women School

Today's Highlight

View all programs