News

दोषि कर्मचारीलाई कारबाही नगरे आफन्तले लाश नबुभ्mने

साउन ५, सिमकोट । हिल्दुम साना जलविद्युत आयोजनाको
 वितरित लाइनको तारबाट करेष्ट लागेर मृत्यु भएकी जसी भण्डारीको लास नबुभ्mने उनका आफन्तले अडान रोखेका छन् । विररित लाइनको पोल ढलेर तार 
छरपष्ट भएपछि खबर गर्दा समेत विद्युत कार्यालयका कर्मचारी नगएका कारण कोदोबारीमा काम गर्न गएकी भण्डारीको ज्यान गएको भन्दै आफन्तले दोषि कर्मचारीलाई कारबाही नगरे लास नबुभ्mने बताएका छन् । 
करेष्ट लागेर हिजो मृत्यु भएकी भण्डारीको लास सदरमुकाम सिमकोट ल्यायपनि आफन्तले पोष्ट मार्टम गर्न नमानेपछि अहिले भण्डारीको लाश लास जिल्ला अस्पताल हुम्लामा राखिएको छ । 
पोल ढलेर तार बारीमा गएको एक सातासम्म खबर गर्दा पनि बिद्युत कार्यालयले खटाएका कर्मचारी नगएका कारण त्यस्तो घटना घटेको भन्दै मृतकका छोरा गणेश भण्डारीले दोषि कर्मचारीलाई कारबाही नगरे सम्म आप्mनी आमाको पोष्ट मार्टम गर्न नदिने बताएका छन् । 
पोल ढलेको थाहा पाउने बित्तिकै कर्मचारी खटाएको तर कर्मचारी नखटेकाले कार्यालयका तर्फबाट केही कमजोरी भएको बताएका प्रमूख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाले कानुन बमोजिम क्षतीपुर्ति र दोषिलाई कारबाही गर्ने बताए । तर दोषि कर्मचारीलाई प्रमूख जिल्ला अधिकारीले पक्षपोषण गर्न खोजेको भन्दै मृतकका छोरा भण्डारीले असन्तुष्टी जनाए । उनले भने “हाम्रो गाउँमा सहज होला र उज्यालो होला भन्ने मान्यताले विद्युत बालेका हौं तर विद्युत त ज्यान खाने स्थान प रहेछ ।”
लास सहित विद्युत कार्यायमा धर्ना 
बारीमा छरपष्ट बिद्युतका तारले करेष्ट लागेर मृत्यु भएकी जसी भण्डारीको लास सहित उनका आफन्तले बिद्युत कार्यालय घेराउ गरेका छन् । विद्युत कार्यालय लापरबाहीका कारण आप्mनी श्रीमतीको ज्यान गएको बताएका  उनका श्रीमान् परिमल भण्डारीले विद्युत कार्यालयले गल्ती गर्नेलाई कारबाही र मृतकलाई क्षतीपूर्ति नदिएसम्म लास नउठाने भन्दै विद्युत कार्यालय घेराउ गरेको बताए । 
विद्युत कार्यालयलाई एक साता अघि बाटोमा विद्युतको लाइन छुडिएको भन्दा समेत वास्ता नगरेका बताका भण्डारीले अन्नपूर्णसँग भने “मेरो जग्गामा जबरजस्ती लाइन लिएको आयोजनाले समयमा ख्याल नगरेर मेरी श्रीमतीको ज्यान लियो ।”
बिहान ठेहेबाट ल्याएकौ लास लिएर सिधैं विद्युत कार्यालयमा राखेर मृतकका आफन्तले प्रशासन कार्यालय घेराउ गरेका थिए ।मृतकलाई क्षतीपुर्तिको माग, करेष्ट लागेर भएका घाईतेलाई उपचार, विद्युतका दोषि कर्मचारीलाई तत्काल कारबाही नहुञ्जेल लासको पोष्ट मार्टम गर्न नदिने बताए । 
दिनभरी विद्युत कार्यालयमा राखिएको लास अहिले जिल्ला अस्पतालमा राखिएको छ । 
साना जलविद्युत अन्तरगत बाटोमा छरपष्ट बिछ्याईका बिधुत तार बाट भण्डारीको मृत्यु भएको हो । हिल्दुम साना जलविद्युत आयोजना अन्तरगत दोजाम खोला बाट लिईएको तारको लाईन ठेहे गाउको कुवाखुला भन्ने ठाउमा बाटोमा तार सर्ट भएपछि हिडिरहेको बेला ४५ बर्षिय भण्डारी को ज्यान गएको छ भने ३० बर्षिय कल्दरी भण्ढारी र बाचपुरी बोहरा सख्त घाईते भएकी छन्

  • OFF AIR
Kannali Open Women School

Today's Highlight

View all programs