News

हवाई टिटकट नपाएपछि हुम्लाका विद्यार्थी नेपालगञ्जमा अलपत्र

साउन २२, सिमकोट । भोली बिहानबाट शुरु हुने एसइइ परिक्षाको ग्रेड वृद्धीका लागि नेपालगञ्ज सुर्खेत देखि सिमकोट आउने हुम्लाका परिक्षार्थी टिकट नपाएपछि परिक्षामा सामेल हुन नपाउने भएका छ ।
आज मात्रै एक दर्जन भन्दा बढी उडान भरेका निजि बिमान कम्पनीले आफूलाई टिकट नदिएपछि भोलि बिहान देखि शुरु हुने परिक्षामा आफू सहभागि नपाउने भएको अंग्रेजीको ग्रडवृद्धीका लागि सिमकोट आउन नेपालगञ्जमा भएका कविराज शाहीले जानकारी दिनुभयो । उपचारका लागि काठमाडौंदेखि सिधा उडानको टिकट ल्याएको भएपनि निजि विमान कम्पनी ताराले टिकट नदिएपछि आप्mनो परिक्षा छुट्ने भएको शाहीले गुनाशो गरे । 
परिक्षाको तयारी गर्न नेपालगञ्ज सुर्खेत गएका हुम्लाका २० देखि २५ जना परिक्षार्थीहरुले टिकटका लागि एक सातादेखि विमान कम्पनीका ढोका चहारेपनि टिकट नपाएका कारण परिक्षा छुट्ने भएको ताँजकोटकी संगिता ढकालले जानकारी दिइन । उनका अनुशार निजि बिमान कम्पन् िनेपालगञ्जमा बिद्यार्थीलाई भन्दा मानसरोवर जाने भारतिय तिर्थयात्रीहरुलाई प्राथमिकता दिएपछि थप समस्या भएको हो । 
  • OFF AIR
Kannali Open Women School

Today's Highlight

View all programs