News

जुम्लामा पाल्ने काठे गाई लोप हुदै

साउन २२, जुम्ला । जुम्ला लगायतका हिमाली जिल्लामा पाल्ने काठे गाइ लोप हुदै गएका छन । पछिल्लो समयमा जुम्लामा पालिने काठे गाई  पालनमा कमी आएको  हो । 
काठेगाइ पाल्ने चलन हराय संगै जुम्लालाई अर्गानिक जिल्ला बनाउन  पनि चुनौति देखिएको छ  । जुम्लाको प्रंगारीक मल उत्पादनको प्रमुख स्रोत भनेको जुम्ली काठे गाईको मल हो तर गाई पालमा कमि आएपछि जुम्लालाई अर्गानिक जिल्ला बनाउन  पनि चुनौति देखिएको छ । कर्णाली क्षेत्रमा कुनै समय छोरी दिनु पर्याे भने घरको थाडो अथवा छतमा जौ को भल्को र गोठमा गाई गरीन्थ्यो ।
तर पछिल्लो समयमा  भने जुम्लाको गाई पालनमा कमि आएको छ पहिले जुम्लामा एक घरमा १० ओटा देखि १ सय ओटा सम्म गाई पाल्ने चलन रहेको बुढापाकाहरुले बताएका छन । पछिल्लो समय एक घरमा २ देखि ४ सम्म मात्र गाइपाल्ले गरेको पाईन्छ ।  जुम्लामा पाईने काठे गाई हिमालमा पाईने चौरी र तराईमा पाईने गौरी भन्दा फरक मानिने गरिन्छ । जुम्लामा पालिने गाई सानो हुने भएकाले जुम्लाको हावा पनीमा सुहाउने  खालको  हुन्छ । काठे गाइ सानो हुने हुदा  पालनको लागी  सजिलो  र  यस गाईको दुध अरु गाईको दुध भन्दा पोसिलो र चिल्लो पना बढि   भएको पाइन्छ । गाइपालन पेशा लोप भएपछि  जुम्लामा मल अभाब भएको र उत्पादन हुन छोडेको जुम्लाका किसानहरुले बताएका छन । 
  • OFF AIR
Kannali Open Women School

Team Members

  • Mr. Suresh Pariyar

    Mr. Suresh Pariyar

    Reporter
  • Mr. ARJUN BOHARA

    Mr. ARJUN BOHARA

    TECHNICAL HEAD
  • Mr. Dala Rawal

    Mr. Dala Rawal

    Board of Director
  • Mr. RESHAM RAJ ROKAYA

    Mr. RESHAM RAJ ROKAYA

    PROGRAM PRODUCER
  • Migur Lama

    Migur Lama

    News Presenter (Lama Kham)
  • Mr. Mimsing Nepali

    Mr. Mimsing Nepali

    Assistance News Coordinator
  • Mr. Nabaraj Mahatara

    Mr. Nabaraj Mahatara

    Station Manager
View all team members